अधिवक्ता शम्भु थापाको घरबाट डीआईजी नवराज सिलवाल पक्राउ

प्रकाशित मिति: ११ बैशाख २०७४, सोमबार

काठमाडौं, ११ वैशाख ।  बालुवाटारस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी परामर्श लिइरहेका बेला नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई प्रहरीले पक्राउ गरेको छ ।

छानविन समितिले सिलवाललाई बयानका लागि ल्याएको प्रहरी प्रधान कार्यालयले बताएको छ । प्रहरीले सिलवालसँगै थापालाई पनि हिरासतमा लिएको  बताइएको छ ।

सरकारले तत्कालिन अर्का डीआइजी प्रकाश अर्यालको कार्यसम्पादन मूल्याङ्कनको कागजात किर्तेगरी त्यसमा सिलवालले आफ्नो नाम राखेर अदालतलाई पेश गरेको पाइएको भन्दै सरकारी कागजात किर्तेको मुद्दामा कारवाही गर्ने तयारी गरेको छ ।

अधिवक्ता शम्भु थापाको घरमा बिहान पौने १० बजे बयानका लागि जाने कि भन्नेबारे कानुनी परामर्श गरिरहेका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट