पाँच पार्टीको एकीकरण घोषणा, नयाँ पार्टीको नाम राजपा

प्रकाशित मिति: ७ बैशाख २०७४, बिहीबार

काठमाडौं, ७ बैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध पाँच दलबीच बिहीबार औपचारिक रुपमा पार्टी एकता भएको छ ।

महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सदभावना, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी, महेन्द्र यादव नेतृत्वको तराई मधेस समाजवादी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक पार्टीबीच एकीकरण भएको हो ।

डिल्लीबजारस्थित एक पार्टी प्यालेसमा एकीकरणको घोषणापछि नयाँ पार्टीको नाम राष्ट्रिय जनता पार्टी (राजपा) राखिएको छ । राजपा अब संसदमा मधेसको सबैभन्दा बढी सीट भएको पार्टी बनेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट