वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गर्न आवश्यक : बास्तोला

प्रकाशित मिति: ८ बैशाख २०७४, शुक्रबार

चितवन, ८ वैशाख ।  वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गरेरमात्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बास्तोलाले बताएका छन् ।

उनले संविधान कार्यान्वयन, उपलब्धिको रक्षा, विकास निर्माण, भ्रष्टाचार रोक्न जुनसुकै नाम दिए पनि यो निर्वाचनले पुरानो प्रतिक्रियावादी सत्ताको सुद्धिढीकरण मात्रै हुने भएकाले आफूहरुले विरोध गरेको आज सो पार्टीको ताम्सालिङ् ब्यूरोले आयोजना गरेको पत्रकार सम्मेलनमा बताए ।

उनले नेपाल कम्युनिष्ट पार्टीमात्र माओवादी युद्धले उठाएका सवालको पक्षमा लागेको भन्दै राजनीतिक समस्या समाधान तर्फ लाग्नुपर्ने विचार व्यक्त गरे ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट