मुख्य समाचार
प्रकाशित मिति: ४ बैशाख २०७४, सोमबार

काठमाडौँ, ४ वैशाख । वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले  तयार पारेको फोटोसहितको मतदाता नामावलीलाई आइतबार राति आयोगको वेवसाइटमा राखेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले सातवटै प्रदेशका ७५ वटै जिल्ला र ७४४ वटै स्थानीय तहको एक करोड ४० लाख ५४ हजार ४८२ मतदाताको विवरणलाई आयोगले अन्तिम रूप दिई मतदाताको जानकारीका […]


प्रकाशित मिति: ४ बैशाख २०७४, सोमबार

काठमाडौं, ४ वैशाख । स्थानीय तह निर्वाचन अस्वीकार गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । मोर्चाले भोलिदेखि चुनावको मिति घोषणा गरिएको दिन ३१ वैशाखसम्मका लागि घोषित विरोधको कार्यक्रम घोषणा गरेको हो । जुलुस प्रदर्शनदेखि धर्ना, आमसभा तथा बन्द हड्तालसम्मका कार्यक्रम मोर्चाले सार्वजनिक गरेका छ । यसघि सरकारले लगेको संविधान संशोधन […]


प्रकाशित मिति: ४ बैशाख २०७४, सोमबार

काठमाडौं, ४ बैशाख । काठमाडौंमा स्वाइन फ्लू भेटिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पुष्टि गरेको छ । अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले काठमाडौंमा देखिएको स्वाइन फ्लू नयाँ भएकोले विशेष सर्तकता अपनाउन आग्रह गरे । काठमाडौंमा देखिएको स्वाइन फ्लू (एच वान एन वान् भाइरस) नयाँ प्रकारको हुन सक्ने भन्दै चिकित्सकहरुले सचेतता अपनाउन […]


प्रकाशित मिति: ४ बैशाख २०७४, सोमबार

बनेपा, ४ वैशाख । सशस्त्र द्वन्द्वकालमा १५ वर्षीया मैना सुनुवारलाई सैनिक ब्यारेकमा चरम यातना दिएर हत्या गरेको मुद्दामा तत्कालीन ३ सैनिक अधिकारीलाई झन्डै १० वर्षपछि अदालतले जन्मकैदको फैसला सुनाएको छ । आइतबार जिल्ला अदालत काभ्रेपलाञ्चोकका न्यायाधीश मोदिनीप्रसाद पौड्यालको इजलासले वीरेन्द्र शान्ति तालिम केन्द्रका तत्कालीन शाही नेपाली सेनाका महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनिल […]


प्रकाशित मिति: ४ बैशाख २०७४, सोमबार

काठमाडौं, ४ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणका बेला दुई दिन सार्वजनिक बिदा दिने निर्णयको चौतर्फी विरोध भएपछि सरकारले राष्ट्रपति भारत भ्रमण गरी फर्कने दिन शुक्रबार दिने भनिएको सार्वजनिक बिदा कटौती गरेको छ । राष्ट्रपति भण्डारी भारत जाने दिने वैशाख ४ र स्वदेश फर्कने दिन वैशाख ८ गते सार्वजनिक बिदा दिने निर्णय आइतबार सिंहदरबारमा […]


प्रकाशित मिति: ४ बैशाख २०७४, सोमबार

नयाँ दिल्ली, ४ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा पाँचदिने राजकीय भ्रमणका क्रममा केहीबेर अघि नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी छन् । भारतका महिला तथा बाल विकास राज्यमन्त्री कृष्ण राजले राष्ट्रपति भण्डारीलाई  विमानस्थलमा स्वागत गरेका छन् । विमानबाट ओर्लिएलगत्तै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले उनलाई स्वागत […]


प्रकाशित मिति: ४ बैशाख २०७४, सोमबार

काठमाडौँ, ४ वैशाख ।  पार्टीका आदर्श तथा चुनावी रणनीतिका बारेमा स्थानीय जनतालाई बुझाउन देशका सबै अञ्चलमा राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनावमा पार्टीका कार्यक्रमलाई जनतासमक्ष पु¥याउन चुनावी सभा सुरु गरेको छ । यही वैशाख १० गतेसम्म जारी रहने पार्टीको उक्त सभालाई व्यवस्थित बनाउन पार्टीका उपाध्यक्ष तथा महामन्त्रीलाई जिम्मेवारी दिइएको र सभामार्फत स्थानीय तहको पूर्वाधार विकास […]


प्रकाशित मिति: ४ बैशाख २०७४, सोमबार

काठमाडौं, ४ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार ५ दिने राजकीय भ्रमणका लागि भारततर्फ प्रस्थान गरेकी छन् । भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, सांसद, राष्ट्रपति कार्यालयका विज्ञ सल्लाहकार, परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारीलगायतको सहभागिता रहेको छ । राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिएको छ भने […]


प्रकाशित मिति: ३ बैशाख २०७४, आईतवार

बुटवल, ३ वैशाख । जिल्ला अदालत रुपन्देहीमा आईतबार स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतमाथि राज्य बिरुद्धको संगठित अपराध मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका गत चैत ३१ गते सिराहा जिल्ला अदालतबाट १० हजार रुपैयाँ धरौटीमा रिहा भएका राउतलाई रिहा लगत्तै सिराहा प्रहरीले पक्राउ गरी रुपन्देही प्रहरीलाई बुझाएको थियो । रुपन्देही प्रहरीले राउतलाई […]


प्रकाशित मिति: ३ बैशाख २०७४, आईतवार

रुपन्देही, ३ वैशाख । विश्वमै धार्मिक दृष्टिकोणले चर्चित भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी आजभोलि भारतीय भिखारीहरूको अखडा बन्दै गएको छ । भिखारीले स्वदेशी तथा विदेशी पर्यटकलाई नांगा दुधे बालक देखाएर पैसा माग्छन् । पर्यटकले पैसा नदिए उनीहरु पर्यटकको खुट्टा ढोग्छन् । केही पैसा जम्मा भएपछि मदिरा (रक्सी) पिएर फेरि त्यही तरिकाले माग्ने गरेका छन् । हिजोआज […]


प्रकाशित मिति: ३ बैशाख २०७४, आईतवार

इलाम, ३ वैशाख । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जोगमाई खोलाबाट उत्पादित ७.५ मेगावाट बिजुली थप भएको छ । निजी क्षेत्रद्वारा प्रवद्र्धित सान्भी इनर्जीले इलामको नामसालिङ र नयाँबजार गाविसमा पर्ने जोगमाई खोलाबाट विद्युत् उत्पादन सुरु गरेको हो । आयोजनामा अन्तर्राष्ट्रियस्तरमा जडित उपकरण छन् र कतिपय इलेक्ट्रो मेकानिकल उपकरणहरू पहिलोपटक नेपालमा भित्र्याइएका छन् । सान्भी […]


प्रकाशित मिति: ३ बैशाख २०७४, आईतवार

काठमाडौं, ३ वैशाख । राष्ट्रसंघीय शान्ति मिसनका लागि आवश्यक सामान खरिद गर्न नसक्दा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई अर्बौँ नोक्सानी भइरहेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ । फर्म्ड पुलिस युनिट (एफपियू) मिसनमा दुवै प्रहरीले संयुक्त राष्ट्रसंघले तोकेअनुसार सामान खरिद गर्न नसेकाले प्रहरीको भत्ता र शोधभर्नामा अर्बौँ घाटा हुँदै आएको प्रतिवेदनले औँल्याएको छ । संयुक्त राष्ट्रसंघले […]


प्रकाशित मिति: २ बैशाख २०७४, शनिबार

काठमाडौं, २ वैशाख । एमालेको आइतबारका लागि तय भएको केन्द्रीय कमिटीको ८औँ बैठक पार्टीका अध्यक्ष केपी शर्मा ओली विदेशमा रहेका कारण स्थगित भएको छ । एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार स्थानीय तह निर्वाचनका लागि घोषणापत्रलाई अन्तिम रुप, आन्तरिक व्यवस्थापन र उम्मेदवार चयनबारे छलफल हुने सो बैठक केही दिनका लागि स्थगित भएको […]


प्रकाशित मिति: २ बैशाख २०७४, शनिबार

काठमाडौं, २ वैशाख । रत्नर्पास्थित शान्ति वाटिकामा नयाँ शक्ति पार्टीसहित ६८ दलले रिले अनशनसहितको धर्ना सुरु गरेका छन् । सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनमा सहभागी हुनका लागि दलीय चुनाव चिन्हको माग गर्दै नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले संयुक्त विरोधस्वरुप आजदेखि अनशनको सुरुवात गरेका छन् । लोकतान्त्रिक राज्य व्यवस्थामा दललाई दलीय चुनाव चिन्ह […]


प्रकाशित मिति: २ बैशाख २०७४, शनिबार

काठमाडौं, २ वैशाख । शुक्रबारसम्ममा निर्वाचन आयोगले ६१ जिल्लाको मतपत्र छाप्ने काम सकेको छ । आयोगका सचिव गोपीनाथ मैनालीले ६१ जिल्लाका एक करोड १७ लाख ८१ हजार मतपत्र छापिइसकेको बताउँदै अहिले ठूलो संख्यामा मतदाता रहेका मोरङ, सप्तरीको मतपत्र छापिँदै गरेको जानकारी दिए । आयोगले झापा, सुनसरी, मोरङ, रुपन्देही, नवलपरासीलगायतका जिल्लाको मतदान केन्द्रअनुसार मतपत्रको प्याकिङ गरी […]



 

 

 

 

 

 

 


ताजा अपडेट