व्यापार/व्यवसाय
प्रकाशित मिति: ७ चैत्र २०७३, सोमबार

बुटवल ७ चैत । नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी नेतृत्वका लागि उम्मेदवारी दिएका रुपन्देहीका उम्मेदवारहरुको नाम आइतबार घोषणा गरिएको छ । महासङ्घका अध्यक्ष पशुपति मुरारका र पूर्वअध्यक्ष चण्डीराज ढकालले उम्मेदवारहरुको नाम घोषणा गरेका हुन् । जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेको छ । त्यस्तै […]


प्रकाशित मिति: ६ चैत्र २०७३, आईतवार

म्याग्दी, ६ चैत । म्याग्दीका किसानले व्यावसायिक पशुपालनका लागि रु तीन अर्बभन्दा बढी लगानी गरेका छन् । किसानले व्यावसायिक रुपमा गाईभैँसी र भेडाबाख्रापालन गर्न रु तीन अर्ब ६८ करोड ४१ लाख ६६ हजार लगानी गरेको छ । जिल्ला पशु सेवा कार्यालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लाभर ९२ गाईभैँसी र दुई सय ८७ वटा भेडाबाख्रा फार्म […]


प्रकाशित मिति: ६ चैत्र २०७३, आईतवार

बनेपा, ६ चैत । पशु उत्पादनलगायत विभिन्न शीर्षकमा काभ्रेपलाञ्चोकका कृषक तथा सहकारी संस्थाले रु पाँच सयदेखि आठ लाखसम्म अनुदान पाएका छन् । पशु आहार, सहकारी खेती तथा बङ्गुरपालन कार्यक्रमका लागि कृषकलाई उक्त अनुदान जिल्ला पशु सेवा कार्यालयले वितरण गरेको हो । ‘यसबाट उत्पादन बढाउने र कृषकलाई आत्मनिर्भर गराउने उद्देश्य हो,’ जिल्ला पशु सेवा कार्यालय , […]


प्रकाशित मिति: ५ चैत्र २०७३, शनिबार

पाल्पा, ५ चैत । पाल्पा खानीछाप गाविसका युवा वैदेशिक रोजगारीबाट फर्केर तरकारी खेती गरी मनग्य आम्दानी गर्न थालेका छन् । नेपाली युवाका लागि ऋण खोजेर विदेशमा आफ्नो श्रम र पसिना पोख्न बाध्य हुनुभन्दा स्वदेशमै सानो लगानीमा सुरु गरेको तरकारी खेतीबाट वार्षिक रु एक लाख भन्दा बढी आम्दानी गरेर उनीहरुले सबल उदाहरण प्रस्तुत गरेका हुन् । […]


प्रकाशित मिति: ५ चैत्र २०७३, शनिबार

काभ्रेपलाञ्चोक, ५ चैत । मकै रोप्ने मौसम सुरु भइसकेकाले जिल्ला कृषि विकास कार्यालयले किसानलाई मकैको बीउ वितरण गर्न सुरु गरेको छ । कृषि कार्यालयले आगामी जेठको पहिलो हप्तासम्म मकैको बीउ वितरण गर्ने छ । जिल्लाका पाँचखाल, डाँडापारि, मङ्गलटार, दोलालघाट र भकुन्डेमा मकैको बीउ वितरण गर्ने काम सुरु भएको साथै जिल्लाभरि २० टन मकैको बीउ उपलब्ध […]


प्रकाशित मिति: ४ चैत्र २०७३, शुक्रबार

झापा, ४ चैत । जिल्ला पशुसेवा कार्यालयले युवा किसानलाई पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले यहाँका ९७ किसानलाई रू ८० लाख अनुदान प्रदान गरिने भएको छ । गाईपालन, भैँसीपालन, बङ्गुरपालन, बाख्रापालन, घाँसखेतीलगायत कामका लागि सो अनुदान दिन लागिएको जिल्ला पशुसेवा कार्यालयका सूचना अधिकृत कुमारसिंह खत्रीले.बताए । किसानलाई रू एक हजारदेखि रू तीन लाख ५० हजारसम्म अनुदान प्रदान […]


प्रकाशित मिति: ४ चैत्र २०७३, शुक्रबार

मोरङ, ४ चैत । चाउचाउ नेपालीको रोजाइ भए पनि अहिले अमेरिकी उपभोक्ताले समेत रुचाउन थालेपछि अमेरिकामा एसियन थाई फुड्सले उत्पादन गरेको रमपम चाउचाउ  निर्यात हुन थालेको छ । अमेरिकाजस्तो विकसित मुलुकमा नेपालमा उत्पादित चाउचाउको माग हुनु गौरवको विषय भएको सो उद्योगका प्रबन्ध निर्देशक महेश जाजूले बताएका छन् । सुनसरीको सोनापुरमा रमपम चाउचाउ उत्पादन गरिरहेको उद्योगले हरेक […]


प्रकाशित मिति: ४ चैत्र २०७३, शुक्रबार

काठमाडौं, ४ चैत । निजी क्षेत्रको हवाई सेवा प्रदायक गोमा एयरको नाम परिवर्तन भएको छ । कम्पनीको छैटौँ साधारणसभाले नाम परिवर्तन गरी समिट एयर बनाउने निर्णय गरेको हो । कम्पनीका प्रबन्धक रञ्जन भट्टराईका अनुसार अब कम्पनी रजिष्टारको कार्यालय र उद्योग विभागमा नाम परिवर्तनको प्रक्रिया अगाडी बढाइने छ । भट्टराईले भने– ‘सुरुवातमा कम्पनी रजिष्टर र उद्योगको […]


प्रकाशित मिति: ४ चैत्र २०७३, शुक्रबार

काठमाडौँ, ४ चैत । आबेदन खुल्ला भएको तेस्रो दिन बिहिबार सम्म १२ अर्ब २२ करोड रुपैया बराबरको आबेदन परेको छ । स्टान्डर्ड चार्टर्ड बैंकले मंगलबारबाट निस्कासन गरेको फर्दर पब्लिक अफरिङ (एफपिओ)मा ८३ हजार ५०० आबेदन मार्फत उक्त रकम बराबरको शेयर माग भएको हो । यसपाली आस्वा र पुरानो दुबै शैलीमा आवेदन परेको छ । शुक्रबार […]


प्रकाशित मिति: ३ चैत्र २०७३, बिहीबार

काठमाडौँ, ३ चैत । ग्रामीण क्षेत्रका महिलालाई साना व्यवसाय सञ्चालन गर्न सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउनु पर्नेमा सांसदहरुले  जोड दिएका छन् । सांसद तथा उपसमितिका सदस्यले व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिअन्तर्गत गठित महिला उद्यमशीलता विकास उपसमितिद्वारा आज आयोजित ‘महिला उद्यमशीलता विकासमा लघुवित्तको भूमिका, देखिएका समस्या र समाधानका उपाय’ विषयक छलफलमा उद्यम सञ्चालन […]


प्रकाशित मिति: ३ चैत्र २०७३, बिहीबार

म्याग्दी, ३ चैत । मङ्गला गाउँपालीका–१ कुहुँका गोविन्द केसीले मौरीपालनबाट वार्षिक रु सात लाख आम्दानी गरेका छन् । चार वर्ष साउदी अरब र सात वर्षसम्म इराकमा श्रम गरेका ३९ वर्षीय केसीले चार वर्षअघि गाउँ फर्किएर मौरीपालन सुरु गरेका हुन् । छिमेकी गाउँ डडुवाबाट तीन घार मौरी किनेर मौरीपालन सुरु गरेका केसीले गत वर्ष मौरीसहितका ९४ […]


प्रकाशित मिति: ३ चैत्र २०७३, बिहीबार

लमजुङ,३ चैत । घुम्ती गोठमा पालिएका भेडाको ऊन तथा मासुबाट रु १० करोड बढी आम्दानी भएको छ । लमजुङको उत्तरी भेगका २१ वटा गाविसमा रहेका ८१ वटा गोठमा करिब २० हजार भेडाबाख्रा रहेका छन् । घुम्ती गोठमा पालिएका भेडाबाट वार्षिक २०० मेट्रिक टन मासु उत्पादन हुने गर्दछ । भेडाको मासु प्रतिकिलो रु ५०० का दरले […]


प्रकाशित मिति: ३ चैत्र २०७३, बिहीबार

काठमाडौं, ३ चैत । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले सन् २०१६ पछि ब्याज दरमा वृद्धि गरेको छ । यससँगै नेपाली बजारमा पनि असर देखिएको छ । अमेरिकामा बुधबारबाट ब्याज दरमा ०.२५ प्रतिशत वृद्धि गरिएको हो । अमेरिकामा ब्याजदर बढेसँगै सुनको मूल्य पनि वृद्धि भएको हो । हिजो तोलामा ५३ हजार २ सय रुपैयाँ रहेको सुनको […]


प्रकाशित मिति: ३ चैत्र २०७३, बिहीबार

कञ्चनपुर, ३ चैत । सुदूरपश्चिम क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रका साथै समग्र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार र  प्रवद्र्धनका लागि शुक्लाफाँटा महोत्सव–२०७३  हुने भएको छ । आयोजक नेपाल टुर एन्ड ट्राभल्स एसोसिएसन, सुदूरपश्चिमले बुधबार कञ्चनपुरको भीमदत्तनगरमा पत्रकार सम्मेलन गर्दै  शुक्लाफाँटा महोत्सवका बारेमा जानकारी गराएको हो । महोत्सव यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको संवद्र्धन तथा प्रवद्र्धनका लागि […]


प्रकाशित मिति: ३ चैत्र २०७३, बिहीबार

काठमाडौं, ३ चैत । निक्षेप रकम वृद्धि नभए पनि राष्ट्रिय वाणिज्य बैंकहरुले धमाधम कर्जा जारी गरिरहेका छन् । बैंकहरुले एक महिनामै करिब १६ अर्बको ऋण प्रवाह गरेका छन् । राष्ट्र बैंकले कोर पुँजी र निक्षेपको तुलनामा कर्जा लगानी अनुपात (सिसिडी) गणनामा नीतिगत सहुलियत दिएपछि वाणिज्य बैंकहरुले एक महिनामै यति धेरै ऋण प्रवाह गरेका हुन् । […]



 

 

 

 

 

 

 


ताजा अपडेट