अमेरिकाले व्याजदर बढायो

डलरको भाउ घट्यो, सुनको बढ्यो

प्रकाशित मिति: ३ चैत्र २०७३, बिहीबार

काठमाडौं, ३ चैत । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले सन् २०१६ पछि ब्याज दरमा वृद्धि गरेको छ । यससँगै नेपाली बजारमा पनि असर देखिएको छ । अमेरिकामा बुधबारबाट ब्याज दरमा ०.२५ प्रतिशत वृद्धि गरिएको हो । अमेरिकामा ब्याजदर बढेसँगै सुनको मूल्य पनि वृद्धि भएको हो ।

हिजो तोलामा ५३ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य आज ७ सय रुपैयाँ बढेर ५३ हजार ९ सय रुपैयाँ पुगेको छ । यता, अमेरिकी डलरले डेढ रुपैयाँले सस्तो भएको छ । बिहीबार १ अमेरिकी डलरको रिफ्रेन्स रेट राष्ट्र बैंकले १०५ रुपैयाँ ३४ पैसा तोकेको छ । बैंकहरुले भने १०५ रुपैयाँ २५ पैसासम्म कारोबार गरिरहेका छन् ।

बुधबारको वृद्धिसँगै अब अमेरिकाको ब्याज दर ०.७५ प्रतिशतबाट १ प्रतिशतमा उक्लिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट