पशुपालनमा युवा आकर्षित गर्न किसानलाई ८० लाख अनुदान

प्रकाशित मिति: ४ चैत्र २०७३, शुक्रबार

झापा, ४ चैत । जिल्ला पशुसेवा कार्यालयले युवा किसानलाई पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले यहाँका ९७ किसानलाई रू ८० लाख अनुदान प्रदान गरिने भएको छ ।

गाईपालन, भैँसीपालन, बङ्गुरपालन, बाख्रापालन, घाँसखेतीलगायत कामका लागि सो अनुदान दिन लागिएको जिल्ला पशुसेवा कार्यालयका सूचना अधिकृत कुमारसिंह खत्रीले.बताए ।

किसानलाई रू एक हजारदेखि रू तीन लाख ५० हजारसम्म अनुदान प्रदान गर्न लागिएको हो । पशुसेवा प्रसार कार्यक्रमअन्तर्गत गोठ तथा खोर निर्माणका लागि आठवटा गाईभैँसी फार्म र चारवटा बाख्रा फर्मलाई रू एक लाखका दरले अनुदान दिइने भएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट