वाणिज्य बैंकहरुले ऋण दिन थाले

प्रकाशित मिति: ३ चैत्र २०७३, बिहीबार

काठमाडौं, ३ चैत । निक्षेप रकम वृद्धि नभए पनि राष्ट्रिय वाणिज्य बैंकहरुले धमाधम कर्जा जारी गरिरहेका छन् । बैंकहरुले एक महिनामै करिब १६ अर्बको ऋण प्रवाह गरेका छन् ।

राष्ट्र बैंकले कोर पुँजी र निक्षेपको तुलनामा कर्जा लगानी अनुपात (सिसिडी) गणनामा नीतिगत सहुलियत दिएपछि वाणिज्य बैंकहरुले एक महिनामै यति धेरै ऋण प्रवाह गरेका हुन् । तर, यसरी जारी भएको कर्जाको न्यूनतम ब्याजदर भने १५ प्रतिशत हाराहारीमा रहेको छ ।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालका अनुसार राष्ट्र बैंकको नीतिगत सहुलियतपछि बैंकहरुसँग कर्जा लगानी गर्न ५० देखि ६० अर्ब रुपैयाँ उपलब्ध भएको छ ।

राष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा उत्पादनमूलक क्षेत्रमा भएको कर्जा लगानी लगायतलाई ०७४ असारसम्म सिसिडी रेसियो (लगानी कोर पुँजी र निक्षेपको जोडको तुलनामा कर्जा लगानी) गणनामा छुट दिएको थियो ।

यस्तो छुट दिने नीतिपछि बैंकहरुले पहिलेदेखि नै आफ्नो साथमा रहेको पुँजी लगानी गर्न सक्ने अवस्था बने पनि ऋणीहरुलाई भने ब्याजमा कसेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट