व्यापार/व्यवसाय
प्रकाशित मिति: ६ चैत्र २०७३, आईतवार

बनेपा, ६ चैत । पशु उत्पादनलगायत विभिन्न शीर्षकमा काभ्रेपलाञ्चोकका कृषक तथा सहकारी संस्थाले रु पाँच सयदेखि आठ लाखसम्म अनुदान पाएका छन् । पशु आहार, सहकारी खेती तथा बङ्गुरपालन कार्यक्रमका लागि कृषकलाई उक्त अनुदान जिल्ला पशु सेवा कार्यालयले वितरण गरेको हो । ‘यसबाट उत्पादन बढाउने र कृषकलाई आत्मनिर्भर गराउने उद्देश्य हो,’ जिल्ला पशु सेवा कार्यालय , […]


प्रकाशित मिति: ५ चैत्र २०७३, शनिबार

पाल्पा, ५ चैत । पाल्पा खानीछाप गाविसका युवा वैदेशिक रोजगारीबाट फर्केर तरकारी खेती गरी मनग्य आम्दानी गर्न थालेका छन् । नेपाली युवाका लागि ऋण खोजेर विदेशमा आफ्नो श्रम र पसिना पोख्न बाध्य हुनुभन्दा स्वदेशमै सानो लगानीमा सुरु गरेको तरकारी खेतीबाट वार्षिक रु एक लाख भन्दा बढी आम्दानी गरेर उनीहरुले सबल उदाहरण प्रस्तुत गरेका हुन् । […]


प्रकाशित मिति: ५ चैत्र २०७३, शनिबार

काभ्रेपलाञ्चोक, ५ चैत । मकै रोप्ने मौसम सुरु भइसकेकाले जिल्ला कृषि विकास कार्यालयले किसानलाई मकैको बीउ वितरण गर्न सुरु गरेको छ । कृषि कार्यालयले आगामी जेठको पहिलो हप्तासम्म मकैको बीउ वितरण गर्ने छ । जिल्लाका पाँचखाल, डाँडापारि, मङ्गलटार, दोलालघाट र भकुन्डेमा मकैको बीउ वितरण गर्ने काम सुरु भएको साथै जिल्लाभरि २० टन मकैको बीउ उपलब्ध […]


प्रकाशित मिति: ४ चैत्र २०७३, शुक्रबार

झापा, ४ चैत । जिल्ला पशुसेवा कार्यालयले युवा किसानलाई पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले यहाँका ९७ किसानलाई रू ८० लाख अनुदान प्रदान गरिने भएको छ । गाईपालन, भैँसीपालन, बङ्गुरपालन, बाख्रापालन, घाँसखेतीलगायत कामका लागि सो अनुदान दिन लागिएको जिल्ला पशुसेवा कार्यालयका सूचना अधिकृत कुमारसिंह खत्रीले.बताए । किसानलाई रू एक हजारदेखि रू तीन लाख ५० हजारसम्म अनुदान प्रदान […]


प्रकाशित मिति: ४ चैत्र २०७३, शुक्रबार

मोरङ, ४ चैत । चाउचाउ नेपालीको रोजाइ भए पनि अहिले अमेरिकी उपभोक्ताले समेत रुचाउन थालेपछि अमेरिकामा एसियन थाई फुड्सले उत्पादन गरेको रमपम चाउचाउ  निर्यात हुन थालेको छ । अमेरिकाजस्तो विकसित मुलुकमा नेपालमा उत्पादित चाउचाउको माग हुनु गौरवको विषय भएको सो उद्योगका प्रबन्ध निर्देशक महेश जाजूले बताएका छन् । सुनसरीको सोनापुरमा रमपम चाउचाउ उत्पादन गरिरहेको उद्योगले हरेक […]


प्रकाशित मिति: ४ चैत्र २०७३, शुक्रबार

काठमाडौं, ४ चैत । निजी क्षेत्रको हवाई सेवा प्रदायक गोमा एयरको नाम परिवर्तन भएको छ । कम्पनीको छैटौँ साधारणसभाले नाम परिवर्तन गरी समिट एयर बनाउने निर्णय गरेको हो । कम्पनीका प्रबन्धक रञ्जन भट्टराईका अनुसार अब कम्पनी रजिष्टारको कार्यालय र उद्योग विभागमा नाम परिवर्तनको प्रक्रिया अगाडी बढाइने छ । भट्टराईले भने– ‘सुरुवातमा कम्पनी रजिष्टर र उद्योगको […]


प्रकाशित मिति: ४ चैत्र २०७३, शुक्रबार

काठमाडौँ, ४ चैत । आबेदन खुल्ला भएको तेस्रो दिन बिहिबार सम्म १२ अर्ब २२ करोड रुपैया बराबरको आबेदन परेको छ । स्टान्डर्ड चार्टर्ड बैंकले मंगलबारबाट निस्कासन गरेको फर्दर पब्लिक अफरिङ (एफपिओ)मा ८३ हजार ५०० आबेदन मार्फत उक्त रकम बराबरको शेयर माग भएको हो । यसपाली आस्वा र पुरानो दुबै शैलीमा आवेदन परेको छ । शुक्रबार […]


प्रकाशित मिति: ३ चैत्र २०७३, बिहीबार

काठमाडौँ, ३ चैत । ग्रामीण क्षेत्रका महिलालाई साना व्यवसाय सञ्चालन गर्न सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउनु पर्नेमा सांसदहरुले  जोड दिएका छन् । सांसद तथा उपसमितिका सदस्यले व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिअन्तर्गत गठित महिला उद्यमशीलता विकास उपसमितिद्वारा आज आयोजित ‘महिला उद्यमशीलता विकासमा लघुवित्तको भूमिका, देखिएका समस्या र समाधानका उपाय’ विषयक छलफलमा उद्यम सञ्चालन […]


प्रकाशित मिति: ३ चैत्र २०७३, बिहीबार

म्याग्दी, ३ चैत । मङ्गला गाउँपालीका–१ कुहुँका गोविन्द केसीले मौरीपालनबाट वार्षिक रु सात लाख आम्दानी गरेका छन् । चार वर्ष साउदी अरब र सात वर्षसम्म इराकमा श्रम गरेका ३९ वर्षीय केसीले चार वर्षअघि गाउँ फर्किएर मौरीपालन सुरु गरेका हुन् । छिमेकी गाउँ डडुवाबाट तीन घार मौरी किनेर मौरीपालन सुरु गरेका केसीले गत वर्ष मौरीसहितका ९४ […]


प्रकाशित मिति: ३ चैत्र २०७३, बिहीबार

लमजुङ,३ चैत । घुम्ती गोठमा पालिएका भेडाको ऊन तथा मासुबाट रु १० करोड बढी आम्दानी भएको छ । लमजुङको उत्तरी भेगका २१ वटा गाविसमा रहेका ८१ वटा गोठमा करिब २० हजार भेडाबाख्रा रहेका छन् । घुम्ती गोठमा पालिएका भेडाबाट वार्षिक २०० मेट्रिक टन मासु उत्पादन हुने गर्दछ । भेडाको मासु प्रतिकिलो रु ५०० का दरले […]


प्रकाशित मिति: ३ चैत्र २०७३, बिहीबार

काठमाडौं, ३ चैत । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले सन् २०१६ पछि ब्याज दरमा वृद्धि गरेको छ । यससँगै नेपाली बजारमा पनि असर देखिएको छ । अमेरिकामा बुधबारबाट ब्याज दरमा ०.२५ प्रतिशत वृद्धि गरिएको हो । अमेरिकामा ब्याजदर बढेसँगै सुनको मूल्य पनि वृद्धि भएको हो । हिजो तोलामा ५३ हजार २ सय रुपैयाँ रहेको सुनको […]


प्रकाशित मिति: ३ चैत्र २०७३, बिहीबार

कञ्चनपुर, ३ चैत । सुदूरपश्चिम क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रका साथै समग्र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार र  प्रवद्र्धनका लागि शुक्लाफाँटा महोत्सव–२०७३  हुने भएको छ । आयोजक नेपाल टुर एन्ड ट्राभल्स एसोसिएसन, सुदूरपश्चिमले बुधबार कञ्चनपुरको भीमदत्तनगरमा पत्रकार सम्मेलन गर्दै  शुक्लाफाँटा महोत्सवका बारेमा जानकारी गराएको हो । महोत्सव यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको संवद्र्धन तथा प्रवद्र्धनका लागि […]


प्रकाशित मिति: ३ चैत्र २०७३, बिहीबार

काठमाडौं, ३ चैत । निक्षेप रकम वृद्धि नभए पनि राष्ट्रिय वाणिज्य बैंकहरुले धमाधम कर्जा जारी गरिरहेका छन् । बैंकहरुले एक महिनामै करिब १६ अर्बको ऋण प्रवाह गरेका छन् । राष्ट्र बैंकले कोर पुँजी र निक्षेपको तुलनामा कर्जा लगानी अनुपात (सिसिडी) गणनामा नीतिगत सहुलियत दिएपछि वाणिज्य बैंकहरुले एक महिनामै यति धेरै ऋण प्रवाह गरेका हुन् । […]


प्रकाशित मिति: २ चैत्र २०७३, बुधबार

काठमाडौँ, २ चैत । ट्याक्सीबाट निरन्तर उपभोक्ता ठगिएको गुनासो आएपछि यही पुस १७ गतेदेखि नेपाल गुणस्तर तथा नापतौल विभागले उपत्यकाभित्रका ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टिङ मेसिन) जडान गर्ने कार्य सुरु गरेको विभागले उक्त कार्यलाई तीव्रताका साथ अगाडि बढाएको छ । हालसम्म काठमाडौँ उपत्यकाका दुई हजार ट्याक्सीमा प्रिन्टर मेसिन जडान गरिसकेको विभागले जनाएको छ । विभागका […]


प्रकाशित मिति: २ चैत्र २०७३, बुधबार

काठमाडौँ, २ चैत । मंगलबारदेखि स्ट्यान्डर्ड चार्टर्ड बैंकले निष्कासन गरेको एफपिओमा पहिलो दिन एक अर्ब चार करोड रुपैया बराबरको आवेदन परेको छ । एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रिजेश घिमिरेका अनुसार करिव दश हजार आवेदन मार्फत उक्त रकम बराबरको आवेदन परेको हो । कम्तिमा १० कित्ता र बढीमा २५ हजार ५८० कित्तासम्म आवेदन दिन पाइने छ […]



 

 

 

 

 

 

 


ताजा अपडेट