गोमा एयरको नाम परिवर्तन

प्रकाशित मिति: ४ चैत्र २०७३, शुक्रबार

काठमाडौं, ४ चैत । निजी क्षेत्रको हवाई सेवा प्रदायक गोमा एयरको नाम परिवर्तन भएको छ । कम्पनीको छैटौँ साधारणसभाले नाम परिवर्तन गरी समिट एयर बनाउने निर्णय गरेको हो ।

कम्पनीका प्रबन्धक रञ्जन भट्टराईका अनुसार अब कम्पनी रजिष्टारको कार्यालय र उद्योग विभागमा नाम परिवर्तनको प्रक्रिया अगाडी बढाइने छ ।

भट्टराईले भने– ‘सुरुवातमा कम्पनी रजिष्टर र उद्योगको प्रक्रिया सुरु हुन्छ ।’ उद्योगको काम सकिएपछि मन्त्रालय र नेपाल नागरिक उड्ययन प्राधिकरणमा नाम परिवर्तनका लागि निवेदन दिइने उनले बताए । उनले महिनादिन भित्र सबै काम सकेर गोमालाई समिटको नाममा ब्रान्डिङ सुरु गर्ने जानकारी दिए ।

गोमा एयरलाइन्स २०६७ फागुनदेखि सञ्चालनमा आएको थियो । दुईवटा जहाजबाट उडान सुरु गरेको गोमाले यसअघि सुर्खेतलाई आधार बनाएर दुर्गम क्षेत्रमा कार्गो उडान गर्दै आएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट