भेडाको ऊन तथा मासुबाट करोडौँ आम्दानी

प्रकाशित मिति: ३ चैत्र २०७३, बिहीबार

लमजुङ,३ चैत । घुम्ती गोठमा पालिएका भेडाको ऊन तथा मासुबाट रु १० करोड बढी आम्दानी भएको छ ।

लमजुङको उत्तरी भेगका २१ वटा गाविसमा रहेका ८१ वटा गोठमा करिब २० हजार भेडाबाख्रा रहेका छन् । घुम्ती गोठमा पालिएका भेडाबाट वार्षिक २०० मेट्रिक टन मासु उत्पादन हुने गर्दछ ।

भेडाको मासु प्रतिकिलो रु ५०० का दरले बिक्री हुने साथै वार्षिक पाँच हजार किलो ऊन उत्पादन हुने जिल्ला पशुसेवा कार्यालयका पशु विकास अधिकृत खिला शर्मा घिमिरेले जानकारी दिए ।

गोठमा पालिएका बाख्राबाट किसानले मनग्य आम्दानी गर्दै आएका छन् । ऊनबाट स्थानीयवासीले राडीपाखीलगायत कपडा बनाएर बिक्री गर्ने गर्दछन् ।

जिल्ला पशुसेवा कार्यालयका अनुसार अहिले घुम्ती गोठमा आठ हजार बढी बाख्रा रहेका छन् । खसी बोकाको मासुबाट मात्रै बर्सेनि रु ६ करोडभन्दा बढी आम्दानी हुने गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट