किसानलाई मकैको बीउ वितरण गर्न सुरु

प्रकाशित मिति: ५ चैत्र २०७३, शनिबार

काभ्रेपलाञ्चोक, ५ चैत । मकै रोप्ने मौसम सुरु भइसकेकाले जिल्ला कृषि विकास कार्यालयले किसानलाई मकैको बीउ वितरण गर्न सुरु गरेको छ ।

कृषि कार्यालयले आगामी जेठको पहिलो हप्तासम्म मकैको बीउ वितरण गर्ने छ ।

जिल्लाका पाँचखाल, डाँडापारि, मङ्गलटार, दोलालघाट र भकुन्डेमा मकैको बीउ वितरण गर्ने काम सुरु भएको साथै जिल्लाभरि २० टन मकैको बीउ उपलब्ध गराइने कार्यालयका बाली विकास अधिकृत थर्क जिसीले बताएका छन् ।

विभिन्न क्षेत्रको उचाइका आधारमा मकैका बीउ उपलब्ध गराउँदै आएको कार्यालयमा हाल देउती, अरुण, गणेश, रामपुर कम्पोजिट र गणेश जातका मकैका बीउ उपलब्ध छन् ।

मकैको बीउ भूमिडाँडाको इन्द्रावती कृषि सहकारी, बेलाको आत्मनिर्भर कृषि सहकारी, काशिखण्डको जोरसल्ला कृषि सहकारी लगायतबाटसङ्कलन गरिएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट