नेपाल उद्योग वाण्ज्यि महासंघ चुनाव

रुपन्देहीका उम्मेदवारको नाम सार्वजनिक

प्रकाशित मिति: ७ चैत्र २०७३, सोमबार

बुटवल ७ चैत । नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी नेतृत्वका लागि उम्मेदवारी दिएका रुपन्देहीका उम्मेदवारहरुको नाम आइतबार घोषणा गरिएको छ । महासङ्घका अध्यक्ष पशुपति मुरारका र पूर्वअध्यक्ष चण्डीराज ढकालले उम्मेदवारहरुको नाम घोषणा गरेका हुन् ।

जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेको छ । त्यस्तै कोषाध्यक्षका लागि ज्ञानेन्द्रलाल प्रधान र महासङ्घको कार्यकारी सदस्यका लागि बुटवल उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले उम्मेदवारी घोषणा गरिएको छ ।

घोषणासभामा महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकालले निजी क्षेत्रको अस्तित्वलाई स्थापित गराउन शेखर गोल्छाको समूह योग्य रहेको बताउँदै निजी क्षेत्रको समस्या र चुनौतीको न्यूनिकरणका लागि गोल्छाको नेतृत्व सफल हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छाले आफ्नो परिवार नेपाल उद्योग वाणिज्य महासङ्घ स्थापनाकालदेखि नै संलग्न रहेको उल्लेख गर्दै सरकारले ल्याउने निजी क्षेत्रसँग सम्बन्धित विभिन्न ऐनमा निजी क्षेत्रको धारणा राख्ने र अन्तर्रा्ष्ट्रिय समन्वयलाई फराकिलो बनाउने बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट