अमेरिकामा रमपम चाउचाउको माग बढ्दो

प्रकाशित मिति: ४ चैत्र २०७३, शुक्रबार

मोरङ, ४ चैत । चाउचाउ नेपालीको रोजाइ भए पनि अहिले अमेरिकी उपभोक्ताले समेत रुचाउन थालेपछि अमेरिकामा एसियन थाई फुड्सले उत्पादन गरेको रमपम चाउचाउ  निर्यात हुन थालेको छ ।

अमेरिकाजस्तो विकसित मुलुकमा नेपालमा उत्पादित चाउचाउको माग हुनु गौरवको विषय भएको सो उद्योगका प्रबन्ध निर्देशक महेश जाजूले बताएका छन् ।

सुनसरीको सोनापुरमा रमपम चाउचाउ उत्पादन गरिरहेको उद्योगले हरेक महिना पाँच लाख प्याकेट चाउचाउ अमेरिका निर्यात गरिरहेको र आगामी छ महिनाभित्रमा १० लाख प्याकेट पु¥याउने तयारी कम्पनीको रहेको सो उद्योगले जनाएको छ ।

अहिले नेपाली ब्रान्डको चाउचाउ अस्ट्रेलिया, दुबई र कतारमा समेत  निर्यात गर्न थालेको उद्योगका प्रबन्ध निर्देशकले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट