व्यापार/व्यवसाय
प्रकाशित मिति: १६ चैत्र २०७३, बुधबार

पर्सा, १६ चैत । भारतबाट वीरगन्ज नाका भएर चालु आवको आठ महिनामा रु ३९ अर्ब ३६ करोड ७५ लाख १३ हजार बराबरको इन्धन नेपाल भित्रिएको छ । वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलका अनुसार सिमावर्ती भारतीय सहर रक्सौल, बरौनी, हल्दिया, मथुरालगायत स्थानबाट सो इन्धन नेपाल आयात भएको हो । रक्सौल र बरौनी तेल डिपोबाट नेपालका […]


प्रकाशित मिति: १६ चैत्र २०७३, बुधबार

बनेपा, १६ चैत । बुधबार काभ्रेपलाञ्चोकमा किसानलाई किसान सिम कार्डसहित विभिन्न उपकरण वितरण गरिएको छ । धुलिखेलमा आयोजना भएको वितरण कार्यक्रममा जलवायु समुत्थान आयोजनामार्फत करिव रु २५ हजार बराबरको वर्षा मापन यन्त्र, थर्मामिटर जिल्ला पशु कार्यालयको सिफारिसमा १७ जना र जिल्ला कृषि विकास कार्यालयको सिफारिसमा २६ जनालाई वितरण गरिएको हो । कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले […]


प्रकाशित मिति: १६ चैत्र २०७३, बुधबार

चितवन, १६ चैत । चितवनमा ३७७ दशमलव १३ हेक्टर क्षेत्रफलमा लगाइएको बालीको बिमा गरिएको छ । जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत धनबहादुर थापाका अनुसार केरा, माछा र तरकारी बालीको बिमा गरिएको हो । जिल्लामा एक हजार ६२५ हेक्टरमा केरा, छ हजार ५७९ हेक्टरमा तरकारी र ५३९ हेक्टरमा माछापालन गरिँदै आएको छ । थापाका […]


प्रकाशित मिति: १६ चैत्र २०७३, बुधबार

काठमाडौं, १६ चैत । चेम्बर भवन कान्तिपथमा ‘फिनल्यान्डसँग व्यापार’ विषयक सेमिनारको आयोजना भएको छ । मंगलबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायत प्रतिष्ठित उद्योगी व्यवसायीहरु र फिनल्यान्डका राजदूत जोरमा सुभान्तोसँग आएको प्रतिनिधिमण्डलबीच उक्त विषयमा सेमिनार भएको हो । चेम्बरका अध्यक्ष डा राजेशकाजी श्रेष्ठले कार्यक्रममा स्वागत गर्दै नेपालको भौतिक निर्माण, पर्यटन, […]


प्रकाशित मिति: १५ चैत्र २०७३, मंगलवार

काठमाडौं, १५ चैत । निजगढमा बन्न लागेको दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल आयोजनाका लागि अधिग्रहण हुने जग्गाको मुआब्जा रकम टुंगो लागेको छ । दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थलको मुआब्जा निर्धारण समितिले निर्धारण गरेको हो । मुआब्जा निर्धारण समितिको बैठकले सोमबार प्रति कठ्ठा न्यूनतम २ लाख ४१ हजार ५०० देखि अधिकतम ४ लाख ६० हजार रुपैयाँसम्म मुआब्जा निर्धारण गरेको हो […]


प्रकाशित मिति: १५ चैत्र २०७३, मंगलवार

काठमाडौं, १५ चैत । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै नगद कारोबारको सीमा निर्धारण गरेको छ । उक्त सूचनाअनुसार बैंक तथा वित्तीय संस्थाबाट आगामी साउन १ गतेबाट १० लाख रुपैयाँभन्दा बढीको कारोबार हुनुपर्ने छ । सरकारले गत १० गते राजपत्रमा नगद कारोबार सीमाको सूचना प्रकाशित गर्दै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एक पटकमा १० लाख रुपैयाँ […]


प्रकाशित मिति: १४ चैत्र २०७३, सोमबार

काठमाडौं, १४ चैत ।  दिल्लीमा नेपाल र भारतबीच थप पाँच वर्षको लागि इन्धन आपूर्ति सम्झौताअनुसार भारतले आफ्नो नाफाको मार्जिन घटाएकाले अब  तेल आपूर्ति लागत अहिलेकोभन्दा सस्तो पर्ने भएको छ । हिजो नै आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का, आपूर्तिमन्त्री दीपक बोहोरासहित आयल निगमका उच्च अधिकारीहरुको टोली उक्त सम्झौताका लागि भारत गएका थिए । आपूर्तिमन्त्री बोहोरा र […]


प्रकाशित मिति: १४ चैत्र २०७३, सोमबार

काठमाडौं, १४ चैत । प्रतिबन्धित भारतीय नोट साट्ने विषयमा छलफल गर्न आएको भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबिआई)को टोली विनानिष्कर्ष फर्केको छ । आरबिआई र नेपाल राष्ट्र बैंकका अधिकारीबीच आइतबार र सोमबार काठमाडौंमा भएको वार्ता टुंगोमा पुग्न सकेन । भारले गत कात्तिक २३ गतेबाट आफ्ना हजार र पाँच सयका नोटलाई विमुद्रीकरण गरेको थियो […]


प्रकाशित मिति: १४ चैत्र २०७३, सोमबार

काठमाडौं, १४ चैत । कुरियर व्यवसायलाई भ्याट मुक्त गराउन नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले सरकारसँग आग्रह गरेका छन् । सरकारी हुलाक सेवाले भ्याट तिर्नु नपरे पनि निजी क्षेत्रले भने त्यही काम गर्दा भ्याट तिरेर गर्नुपर्ने अवस्था भएकोले कुरियर व्यवसायलाई भ्याट मुक्त बनाउन उनले माग गरेका छन् । कुरियर संघको २२औँ साधारणसभामा उनले आगामी […]


प्रकाशित मिति: १४ चैत्र २०७३, सोमबार

वीरगन्ज, १४ चैत । पेट्रोलियम पाइपलाइन निर्माणका लागि माटो परीक्षणको कार्य सुरु भएको छ । इन्डियन आयल कर्पोरेसन(आइओसी)ले करिब १५ दिन अघिदेखि पाइपलाइन निर्माण हुने स्थानमा डिप बोरिङ गरेर माटो परीक्षण गर्दै आएको छ । आइओसीका इन्जिनियर राजन सिंहका अनुसार रक्सौंलदेखि अमलेखगञ्जसम्मको करिब ४१ किलो मिटरको दुरिभित्र ३६ स्थानमा डिप बोरिङ गरेर माटो परीक्षण गरिने […]


प्रकाशित मिति: १३ चैत्र २०७३, आईतवार

काठमाडौं,  १३ चैत । सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार आज बजार ५३ दशमलव ४६ बिन्दुले बढेर १ हजार ५ सय ३९ बिन्दुमा पुगेको हो । लगातार घट्दै आएको बजारमा पछिल्लो केही दिनदेखि बढ्ने क्रम सुरु भएको छ । अधिकांश समूह हरियो भए पनि बजार ‘बुलिस टे«न्ड’मा अगाडि बढेको हो […]


प्रकाशित मिति: १३ चैत्र २०७३, आईतवार

काठमाडौं, १३ चैत । आगामी चैत १७ देखि २० गतेसम्म उपत्यकाको भृकुटीमण्डपमा तेस्रो अन्तर्राष्ट्रिय पुष्प मेला प्रदर्शनी हुने भएको छ । चैत १७ गते ‘शान्ति समृद्धि तथा स्वच्छ वातावरणका लागि पुष्प व्यवसाय’ मूलनाराका साथ सुरु हुने उक्त मेलाको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजुले […]


प्रकाशित मिति: १३ चैत्र २०७३, आईतवार

पर्वत, १३ चैत । पर्वतमा आफूले पालेका पशुको बिमा गर्ने कृषकको संख्या बढ्दै गएको हो । जिल्ला पशुसेवा कार्यालय पर्वतका अनुसार सरकारले चार वर्ष पहिलेदेखि पशुपालन व्यवसायमा रहेको जोखिम न्यूनीकरण गर्न पशुमा बिमा लागू गरेको हो । पशु बिमा लागू भएसँगै व्यावसायिक रुपमा पशुपालन गरेका कृषकको यसतर्फ आकर्षण बढेको हो । हालसम्म जिल्लामा छ हजार […]


प्रकाशित मिति: १३ चैत्र २०७३, आईतवार

काठमाडौँ, १३ चैत । औषधिमा आत्मनिर्भर भई राष्ट्रिय उद्योगलाई प्रवद्र्धन गर्नुपर्नेमा नेपाल औषधि व्यवसायी संघले जोड दिएको छ । कार्यक्रममा उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले औषधि व्यवसायमा धेरै परिवर्तन गर्न र त्यसमा आत्मनिर्भता आवश्यक रहेको बताए । ललितपुरको स्टाफ कलेजमा भएको वाग्मती अञ्चल शाखाको साधारणसभामा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले २०३५ सालको औषधि ऐन […]


प्रकाशित मिति: १२ चैत्र २०७३, शनिबार

नवलपरासी, १२ चैत । जिल्ला वन कार्यालय नवलपरासीका अनुसार राजमार्ग आसपासका क्षेत्र कावासोती, सुनवल, अरुण खोला, दाउन्ने, ज्यामिरे, चोरमारा, डन्डालगायत स्थान बढी मात्रामा अस्पताल, विद्यालय, विभिन्न सङ्घसंस्था र व्यक्तिबाट करिब पाँच हजार हेक्टर वन क्षेत्र अतिक्रमण भएको जिल्ला वन कार्यालयले जनाएको छ । कार्यालय स्रोतको भनाइ अनुसार वन क्षेत्र अतिक्रमण रोक्नका लागि प्रयास गरिए पनि […]



 

 

 

 

 

 

 


ताजा अपडेट