नेपाल र भारतबीच पाँच वर्षे इन्धन आपूर्ति सम्झौता

अब नेपालले मागे जति तेल पाउने

प्रकाशित मिति: १४ चैत्र २०७३, सोमबार

काठमाडौं, १४ चैत ।  दिल्लीमा नेपाल र भारतबीच थप पाँच वर्षको लागि इन्धन आपूर्ति सम्झौताअनुसार भारतले आफ्नो नाफाको मार्जिन घटाएकाले अब  तेल आपूर्ति लागत अहिलेकोभन्दा सस्तो पर्ने भएको छ ।

हिजो नै आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का, आपूर्तिमन्त्री दीपक बोहोरासहित आयल निगमका उच्च अधिकारीहरुको टोली उक्त सम्झौताका लागि भारत गएका थिए ।

आपूर्तिमन्त्री बोहोरा र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानको उपस्थितिमा अब नेपालले तेस्रो मुलुकबाट तेल ल्याएको खण्डमा भारतले आपत्ति नजनाउँने र प्रशोधनसमेत गरिदिने गरी आयल काठमाडौंमा भारतीय आयल कर्पोरेशन र नेपाल आयल निगम (आईओसी) बीच सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार नेपालले आफैँले पेट्रोलियम रिफाइनरी गर्न चाहेमा भारतले आफ्नो पूर्वाधार प्रयोग गर्न दिने विषय उल्लेख छ ।  नेपालभित्रै त्यस्तो रिफाइनरी सञ्चालन गरेमा तेस्रो मुलकुबाट कच्चा तेल ल्याउन आईओसीले आपत्ति नगर्ने गरी आयल निगमले सम्झौता गरेको छ ।

पाँच वर्षसम्म नेपालले मागे जति तेल दिने र नेपालमा रिफाइनरी खोल्न आइओसीसँगको सम्झौता बाधक नहुने  गरी सम्झौता भएको हो ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट