पेट्रोलियम पाइपलाइन निमार्ण कार्य सुरु

प्रकाशित मिति: १४ चैत्र २०७३, सोमबार

वीरगन्ज, १४ चैत । पेट्रोलियम पाइपलाइन निर्माणका लागि माटो परीक्षणको कार्य सुरु भएको छ । इन्डियन आयल कर्पोरेसन(आइओसी)ले करिब १५ दिन अघिदेखि पाइपलाइन निर्माण हुने स्थानमा डिप बोरिङ गरेर माटो परीक्षण गर्दै आएको छ ।

आइओसीका इन्जिनियर राजन सिंहका अनुसार रक्सौंलदेखि अमलेखगञ्जसम्मको करिब ४१ किलो मिटरको दुरिभित्र ३६ स्थानमा डिप बोरिङ गरेर माटो परीक्षण गरिने छ । आइओसीका ७ जना इन्जिनियरका टिमलाई माटो परीक्षणको कार्य सम्पन्न गर्न अझ ३ साता लाग्ने बताइएको छ ।

२० मिटर गहिराई सम्मको माटो, बालुवा, ढुंगालगायत सामग्री संकलन गरी आइओसीको प्रयोगशालामा पठाइ आएको प्रतिवेदनअनुसार पाइपलाइन निर्माणको कार्य अघि बढाइनेछ । उक्त क्षेत्रको जग्गा अधिग्रहणको लागि आयल निगमसँग आग्रह गरिएको छ ।

यसरी पाइपलाइनको विस्तारपछि ट्यांकरबाट हुने चुहावट, मिसावट र अन्य अनियमितता रोकिने आयल निगमका वीरगञ्ज कार्यालयका प्रमुख उपेन्द्र नेपालले बताए । साथै बन्द, हड्तालमा समेत निर्वाध रुपमा तेल आयात गर्न सकिने छ । उक्त योजनाको लागत करिब पाँच अर्ब हुने र अमलेखगञ्जमा भण्डारण क्षमता समेत बढ्नेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट