वित्तीय संस्थाको कारोबार सीमा तोकिँदै

प्रकाशित मिति: १५ चैत्र २०७३, मंगलवार

काठमाडौं, १५ चैत । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै नगद कारोबारको सीमा निर्धारण गरेको छ । उक्त सूचनाअनुसार बैंक तथा वित्तीय संस्थाबाट आगामी साउन १ गतेबाट १० लाख रुपैयाँभन्दा बढीको कारोबार हुनुपर्ने छ ।

सरकारले गत १० गते राजपत्रमा नगद कारोबार सीमाको सूचना प्रकाशित गर्दै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एक पटकमा १० लाख रुपैयाँ वा त्योभन्दा बढीको कुनै सेवा वा बस्तु खरीद बिक्री तथा कारोबार गर्दा बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्ने व्यवस्था गरिएको हो ।

अर्थमन्त्रालयका सचिव डा. शान्तराज सुवेदीका अनुसार यसपाली राष्ट्र बैंकको परामर्शमा सम्पत्ति शुद्धीकरण निवारणको प्रयोजनका लागि नगद कारोबार सीमा घटाइएको छ ।

वित्तीय संस्थामा निक्षेप, बचत वा सटहीका साथै वित्तीय संस्थाबाट लिएको ऋण, त्यसको साँवा तथा ब्याज भुक्तानी चेकबाटै गर्नुपर्ने हुन्छ । बित्तीय संस्थाहरुले आपसी कारोबार पनि चेकबाटै गर्नुपर्छ ।

कुनै निक्षेपकर्ताले कुनै खास कारण देखाइ नगद भुक्तानीकालागि दिएको निवेदनको ब्यहोरा र कारण उचित देखिएमा त्यस्तो निक्षेपकर्ताको खाता रहेको संस्थाबाट १० लाखभन्दा माथि पैसा भुक्तानी दिन सकिनेछ ।

यसअघि राष्ट्र बैंकले ५० लाखको सीमालाई ३० लाख रुपैयाँमा झारेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट