काभ्रेमा किसान सिमसहितको उपकरण वितरण

प्रकाशित मिति: १६ चैत्र २०७३, बुधबार

बनेपा, १६ चैत । बुधबार काभ्रेपलाञ्चोकमा किसानलाई किसान सिम कार्डसहित विभिन्न उपकरण वितरण गरिएको छ ।

धुलिखेलमा आयोजना भएको वितरण कार्यक्रममा जलवायु समुत्थान आयोजनामार्फत करिव रु २५ हजार बराबरको वर्षा मापन यन्त्र, थर्मामिटर जिल्ला पशु कार्यालयको सिफारिसमा १७ जना र जिल्ला कृषि विकास कार्यालयको सिफारिसमा २६ जनालाई वितरण गरिएको हो ।

कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले पाँचखाल नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका, बालुवापाटी, छत्रेबाझलगायत स्थानका कृषकलाई ती सामग्री वितरण गरेका हुन् । सो अवसरमा मन्त्री चौधरीले कृषकलाई सुविधा उपलब्ध गराउन कृषि सेवा केन्द्रलाई प्रभावकारी बनाउन जोड दिए ।

कृषि विकास मन्त्रालयका सचिव सुरोज पोखरेलले कृषि ऋणका लागि कार्यविधि नबनेकाले समस्या देखिएको औँल्याउँदै कृषि उपकरणबाट लाभ लिन कृषकलाई आग्रह गरे ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट