व्यापार/व्यवसाय
प्रकाशित मिति: २७ चैत्र २०७३, आईतवार

नवलपरासी, २७ चैत । उचित मूल्य नपाइने त्यसमाथि समयमा भुक्तानी पनि नहुने भएपछि जिल्लाको दक्षिण क्षेत्रका उखुखेती गर्ने किसान केराखेतीतर्फ आकर्षित हुन थालेका छन् । दुई–तीन वर्षपछि मात्र उखुको भुक्तानी पाउन बाध्य किसानले अहिले नगदे बालीका रुपमा केरा खेती गर्न थालेका हुन् । उखु खेती गर्दै आएकी पक्लिहवाकी आशमाया गुरुङले दुई वर्षयता केराखेती गर्दै आएकी […]


प्रकाशित मिति: २७ चैत्र २०७३, आईतवार

काठमाडौँ, २७ चैत ।  मुलुक अब उज्यालो युगमा प्रवेश गरेकाले आगामी दिनमा कोही कसैले पनि विद्युतभार कटौती गर्न नसक्ने ऊर्जामन्त्री जनार्दन शर्माले स्पष्ट पारेका छन् । मलेसियामा नेपाली दूतावास मलेसिया र गैरआवासीय नेपाली सङ्घ(एनआरएन)ले आयोजना गरेको ‘नेपालको ऊर्जा क्षेत्रमा मलेसिया र एनआरएनको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जामन्त्री शर्माले विद्युतभार कटौती अन्त्यपछि मुलुकको आर्थिक […]


प्रकाशित मिति: २७ चैत्र २०७३, आईतवार

काठमाडौं, २७ चैत । मोफसलमा नयाँ ब्रोकरको शाखा खुलेको ८ दिनको अवधिमा ५६ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मोफसलमा भएको शेयर कारोबार कुल कारोबारको ४ दशमलब ६० प्रतिशत हो । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार गत आठ दिनमा १२ अर्ब ३३ करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । मोफसलमा […]


प्रकाशित मिति: २७ चैत्र २०७३, आईतवार

लमजुङ, २७ चैत । मौसम परिवर्तनसँगै अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको आगमनमा निकै वृद्धि भएको छ । विशेष गरी इजरायल, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेलायत र अमेरिकाका पर्यटक पदमार्गमा आउने गरेको बताइन्छ । मार्च महिनामा मात्रै दुई हजारभन्दा बढी विदेशी पर्यटक अन्नपूर्ण पदमार्गमा आएको टिम्स चेक पोस्ट बेँसीसहरको तथ्याङ्कले देखाएको छ भने टिम्सकी कर्मचारी मीना गुरुङले मार्च महिनामा […]


प्रकाशित मिति: २५ चैत्र २०७३, शुक्रबार

पाल्पा, २५ चैत । तरकारी खेतीबाट मनग्य आम्दानी हुने भएपछि रामपुर नगरपालिका–१० गेझाका कृष्ण पाण्डे शिक्षण पेसा छोडेर व्यावसायिक तरकारी खेतीमा लागेका छन् । विगत तीन वर्षयता आधुनिक प्रविधिबाट तरकारी खेती गर्दै आएका पाण्डे किसान परियोजना पाल्पाले गाउँमै गएर व्यवसायमा प्राविधिक ज्ञान तथा विभिन्न सामग्री सहयोग गरेपछि तरकारी खेती तर्फ लागेका हुन् । आफ्नै १२ […]


प्रकाशित मिति: २५ चैत्र २०७३, शुक्रबार

काठमाडौं, २५ चैत । देशका विभिन्न स्थानमा एनआइसी एसिया बैंकले एकै साथ पाँच नयाँ शाखा स्थापना गरेको छ । शुक्रबार बैंकले एकै साथ नवलपरासीको बर्दघाट, पाल्पाको तानसेन, कैलालीको लम्की र टीकापुर तथा धनुकटाको हिलेमा शाखा स्थापना गरेको हो । एक समारोहबीच उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले अन्य विभिन्न स्थानमा बैंकले चाँडै नै […]


प्रकाशित मिति: २५ चैत्र २०७३, शुक्रबार

चितवन, २५ चैत । चितवनमा भित्रिने पर्यटक घटेको भन्दै होटल सञ्चालकले हवाईमार्ग भएर जिल्ला भित्रिने पर्यटकलाई २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा स्तरोन्नतिको काम भइरहेको र दैनिक बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडकमार्ग बन्द गरिने भएकोले पर्यटकलाई आकर्षित गर्न चितवनका होटल सञ्चालकहरु नयाँ उपाय निकालेका हुन् । सडककै कारण २० प्रतिशत […]


प्रकाशित मिति: २५ चैत्र २०७३, शुक्रबार

नेपालगन्ज, २५ चैत । आजदेखि नेपालगन्ज सप्ताहव्यापी नेपालगन्ज महोत्सव सुरु भएको छ । क्रियटिभ ह्यान्ड्स, सिद्धार्थ गु्रप, सेलिब्रेटी खबर डटकम र क्रियटिभ ग्रुपद्वारा आयोजित महोत्सवको पहिलो दिन शुक्रबार भएको १५ किमीको साइकल दौड प्रतियोगितामा प्रकाश बोहरा, गोविन्दप्रसाद रिजाल र गगनसिंह थापा क्रमशः प्रथम, द्वितीय र तृतीय भए । विजेतालाई नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, सदस्य–सचिव […]


प्रकाशित मिति: २५ चैत्र २०७३, शुक्रबार

काठमाडौं, २५ चैत  । दोहा,क्वालाम्पुर र रंगुनपछि हिमालय एयरलाइन्सले वैशाख १५ गतेदेखि काठमाडौं – दुबर्इ नियमित उडान गर्ने भएको छ । काठमाडौंबाट एच- ९५५७ मार्फत विहान १०: ४०मा उडान गर्ने र दुबर्इमा १ बजेर २५ मिनेटमा अवतरण गर्ने एयरलाइन्सको यो चौथो नियमित उडान हुनेछ । कम्पनीले दुबर्इबाट स्थानीय समय २ बजेर २५ मिनेटमा उडान गरेर […]


प्रकाशित मिति: २५ चैत्र २०७३, शुक्रबार

काठमाडौं, २५ चैत । आगामी १७ वैशाखदेखि सानिमा बैंकले साविकका सेयरधनीलाई हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले आफ्नो पुँजी बढाउन बाग्मती डेभलपमेन्ट बैंकलाई समेत खरिद गरिसकेको छ । सेयर भर्ने अन्तिम मिति २१ जेठसम्म तोकेको बैंकले १० बराबर ३ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । चालु आर्थिक वर्षको ६ महिनामा सानिमा […]


प्रकाशित मिति: २४ चैत्र २०७३, बिहीबार

चितवन, २४ चैत । पछिल्लो समयमा चितवनमा केराखेती निकै फस्टाउँदै गएको छ । अघिल्लो वर्ष दुई हजार ४०० बिघामा केराखेती गरिएकोमा अहिले यो दुई हजार ६२० बिघा पुगेको चितवन केरा उत्पादक सङ्घका अध्यक्ष विष्णुहरि पन्तले बताएका छन् । प्लटिङले केराखेती योग्य जमिन घटदै गएकोमा राज्यले खेतीयोग्य जमिनलाई प्लटिङबाट रोक्नुपर्ने बताउँदै १०० बिघाभन्दा बढी जमिनमा केराखेती […]


प्रकाशित मिति: २४ चैत्र २०७३, बिहीबार

काठमाडौं, २४ चैत । नेपाल राष्ट्र बैंकले सस्तो ब्याजको ऋणबारे जिल्लामा ‘मार्केटिङ’ नगर्दा काठमाडौं बाहिरका व्यवसायी तथा सर्वसाधारणले उपभोग गर्न पाएका छैनन् । पुनर्कर्जाबारे काठमाडौं बाहिरका ऋणी, उद्योग व्यवसायी, बैंकर्स तथा वुद्धिजिवीहरुमध्ये कमैलाई मात्र जानकारी रहेको राष्ट्र बैंकलेको पछिल्लो अध्ययनले देखाएको छ । राष्ट्र बैंकले ४ प्रकारका पुनर्कर्जा उपलब्ध गराउँदै आएको छ । यस्तो कर्जाको […]


प्रकाशित मिति: २४ चैत्र २०७३, बिहीबार

काठमाडौं, २४ चैत । सरकारले व्यवासयिक कृषि गर्नेहरुलाई पाँच प्रतिशत ब्याजमै सात करोडसम्मको कृषि ऋण दिने भएको छ । कृषिमा युवाहरुलाई आकर्षित गर्ने उदेश्यले व्यवसियक रुपमा तरकारी तथा फलफुल, पशुपन्छि पालन, जडिबुटी, दुग्ध ब्यवासय, माछा पालन, च्याउ खेती, कृषि भण्डारण तथा वधशाला र मासुजन्य व्यवसाय गर्न चाहनेलाई सरकारले सस्तो ब्याजमा ऋण उपलब्ध गराउन लागेको हो […]


प्रकाशित मिति: २३ चैत्र २०७३, बुधबार

पर्वत, २३ चैत । जिल्ला कृषि विकास कार्यालयले गाउँमै पुगेर स्थलगत अध्ययन गरी किसानसँगै योजना सम्झौता गरेको छ । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीका अनुसार कार्यालयले दक्षिण पर्वतको महाशीला, पैयुँ र बिहादी गाउँपालिकाका– १३ मा २५ वटा साना सिँचाइका योजना सम्झौता गरिएको छ । रेग्मीले भने– योजनास्थलमै पुगेर उपभोक्तालाई योजनाको […]


प्रकाशित मिति: २३ चैत्र २०७३, बुधबार

भोजपुर, २३ चैत । आउदो नयाँ वर्ष वैशाख १ देखि ३ गतेसम्म हुने मैयुङ हाँस पोखरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । पहिलो पटक खोटाङ र भोजपुरको सीमावर्ती क्षेत्रमा पर्ने पर्यटकीयस्थल मैयुङ डाँडामा हुन लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएका छन् । आयोजक तिम्मा सरोकार समाजका अनुसार महोत्सवमा परम्परागत सिपको प्रदर्शन, […]



 

 

 

 

 

 

 


ताजा अपडेट