व्यापार/व्यवसाय
प्रकाशित मिति: २२ चैत्र २०७३, मंगलवार

पाल्पा, २२ चैत । रामपुर नगरपालिका–६ तालपोखराका नारायणप्रसाद भण्डारीले तरकारी बेचेर नै मासिक रु एक लाख ५० हजार बराबरको आम्दानी गर्ने गर्छन । करिब २५ वर्ष भारतमा काम गरेर नेपाल फर्किएका भण्डारी अहिले जिल्लाकै नमुना कृषकका रुपमा चिनिन्छन् । व्यावसायिक रुपमा तरकारी खेती गरेरका भण्डारीले बाह्र वर्षअघि दुईवटा घिरौँलाको बोटबाट व्यवसाय सुरु गरेका थिए । […]


प्रकाशित मिति: २२ चैत्र २०७३, मंगलवार

बागलुङ, २२ चैत । धौलागिरि क्षेत्रमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा अब थप ५२ नयाँ ठाउँमा विस्तार गरिने भएको छ । आउँदो वैशाख दोस्रो सातासम्म बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका ५२ नयाँ ठाउँबाट ‘थ्रिजी’ सेवा दिइने कार्यालयका वरिष्ठ इन्जिनियर केशव शर्माले बताएका हुन् । हाल रहेको २१ ठाउँबाट मात्र यो सेवालाई बढाएर ७३ […]


प्रकाशित मिति: २१ चैत्र २०७३, सोमबार

नुवाकोट, २१ चैत । ११ वर्ष विदेश बसेर आएका ककनी गाउँपालिका–६ चौताराका भीमसेन पनेरु हाल नेपालमै मासिक रु ६५ हजार कमाउछन् । गाउँमा काम नपाएर ११ वर्ष विदेशमा दुख गरी घर फर्केर भैँसीपालन सुरु गरेका पनेरु दूध बिक्रीबाटै राम्रो आम्दानी गर्न सफल भएका हुन् । विदेशमा पसिना बगाउनु भन्दा आफ्नै देशमा गरेको कामले राम्रो कमाइ […]


प्रकाशित मिति: २१ चैत्र २०७३, सोमबार

पाल्पा, २१ चैत । पाल्पामा यस आर्थिक वर्षमा रु १७ करोड बराबरको आलु उत्पादन भएको छ । जिल्लामा सात सय ३५ हेक्टर क्षेत्रफलमा उत्पादित सात हजार आठ सय ९० मेट्रिक टन आलु सो मूल्य बराबरको भएको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कले जनाइएको हो । अघिल्लो वर्ष रु दश करोड बराबरको आलु उत्पादन भएकोमा यो वर्ष […]


प्रकाशित मिति: २१ चैत्र २०७३, सोमबार

काठमाडौं, २१ चैत । बिमा समितिले चुक्ता पूँजी चार गुणा बढाउने बारे कम्पनीहरुसँग पूँजी बृद्धि योजना माग गरेको छ । समितिले तीन महिनाको समय दिँदै पूँजी बृद्धि योजना माग गरेको हो । यसअघि समितिले जीवन बिमाको पूँजी ५० करोडबाट दुई अर्ब र निर्जीवन बिमा कम्पनीको पूँजी २५ करोडबाट एक अर्ब रुपैयाँ पूर्याउन निर्देशन दिएको थियो […]


प्रकाशित मिति: २० चैत्र २०७३, आईतवार

रुपन्देही, २० चैत । रुपन्देहीमा हाल सेवामूलक र उत्पादनमूलक उद्योग खुल्ने क्रम बढ्दो रहेको छ । पछिल्लो ५ वर्षमा होटल तथा रेस्टुराँ, पर्यटन उद्योग, फर्निचर, खाद्य, राइसमिल, इन्जिनियरिङ वर्कसप, कृषि, पशुपक्षी, मत्स्यपालनलगायत उत्पादनमूलक उद्योगको संख्या उल्लेख्य रुपमा बढेको हो । घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत युवराज पौड्यालका अनुसार पछिल्लो ५ वर्षमा पाँच हजार […]


प्रकाशित मिति: २० चैत्र २०७३, आईतवार

काठमाडौं, २० चैत । शुक्रबार प्रतितोला ५४,२०० रुपैयाँमा कारोबार भएको सुन आइतबार ५४,६०० रुपैयाँले बढेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औंस नौं डलरले वृद्धि भएको छ । सुनको भाउ ४०० रुपैयाँले बढेको र भाउ अझै केही दिन बढ्न सक्ने नेपाल सुन चाँदी व्यावसायी महासंघले बताएको छ । शुक्रबार प्रति १० ग्राम ४६,४७० मा कारोबार भएको […]


प्रकाशित मिति: २० चैत्र २०७३, आईतवार

कञ्चनपुर, २० चैत । गएरातीको असिना पानीले गर्दा डोटी जिल्लाको पूर्वी चौकी गाँउपालिका–४ सानागाउँका ८०० घरधुरीका कृषक मारमा परेका छन् । कृषकहरुले लगाएको गहुँबाली, तरकारी र फलफूलमा व्यापक क्षति पुगेपछि त्यहाका कृषकहरु समस्यामा परेका हुन् । कृषि सेवा केन्द्र सानागाउँका प्रमुख मनी नाथका अनुसार असिना पानीका कारण गहुँबालीमा ८० प्रतिशत बढी क्षति पुगेको छ । उनले […]


प्रकाशित मिति: १८ चैत्र २०७३, शुक्रबार

काठमाडौं, १८ चैत । नेपाल–चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले सेवा विस्तारका क्रममा आजदेखि तेस्रो नयाँ विमान ‘ए’ ३२० थपेको छ । उक्त कम्पनीले व्यावसायिक उडान थालेको पहिलो वर्षमा नै एकसय ५८ सिट क्षमताको उक्त विमान जर्मनीको ह्याम्बर्गबाट ल्याएको हो । शुक्रबार एक विज्ञप्ति जारी गर्दै हिमालय एयरलायन्सले मुलुकको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन यसै महिनादेखि […]


प्रकाशित मिति: १८ चैत्र २०७३, शुक्रबार

तेह्रथुम, १८ फागुन । छवर्ष मलेसिया बसेर आएका हमरजुङ– ७ का ४७ वर्षीय अमरकृष्ण बस्नेत मलेसियाबाट फर्केपछि अहिले गाउँमै दुग्ध परिकार उद्योग खोलेका छन् । चारजना साथीसँग मिलेर सुरु गरेको उद्योग उनले एक वर्षदेखि आफ्नै एकलौटी बनाएर चलाइरहेका छन् । बस्नेतको दुग्ध परिकार उद्योगमा हाल छुर्पी, नौनी, र पनिर उत्पादन हुन्छ । उद्योगबाट मासिक करिब […]


प्रकाशित मिति: १८ चैत्र २०७३, शुक्रबार

पर्वत, १८ चैत । विश्वप्रख्यात ट्राभल गाइड लोन्ली प्लानेटले उपल्लो मुस्ताङलाई विश्वकै १० उत्कृष्ट गन्तव्यमध्ये तेस्रो स्थानमा सूचीकृत गरेपछि मुस्ताङ जाने पर्यटकको घुइँचो बढेको छ । चिसो मौसम सकिएसँंगै मुस्ताङमा आन्तरिक र भारतीय पर्यटकको घुइँचो लाग्न थालेको हो । धौलागिरि क्षेत्रको प्रवेशद्वार मानिएको कुश्मा बजारमा मुस्ताङ जाने र फर्कने पर्यटकको संख्यामा वृद्धि भएको छ । […]


प्रकाशित मिति: १८ चैत्र २०७३, शुक्रबार

काठमाडौं, १८ चैत । धरहराको पुनःनिर्माणका लागि पूरातत्व विभागले करिब रु दुई अर्ब ८० करोडको अध्ययन गरेको छ । विभागले नयाँ धरहराको नक्साङकन, डिजाइन र त्यसको निर्माण सम्पन्न गर्दा करिब रु दुई अर्ब ८० करोडको लागत लाग्ने अनुमान गरेको हो । करिब ४२ रोपनी क्षेत्रफलमा फैलिएको स्थानमा निर्माण गरिने धरहरा दुईसय ४५ फिट अग्लो हुनेछ […]


प्रकाशित मिति: १७ चैत्र २०७३, बिहीबार

तेह्रथुम, १७ चैत । तेह्रथुम ओख्रेमा ताक्लुङ सहकारी संस्था स्थापना भएपछि स्थानीयवासी खुशी भएका छन् । संस्थाले स्थानीयस्तरमा उत्पादित कृषिजन्य सामग्री खरिद गरेपछि कृषकलाई सहज भएको हो । संस्थाका व्यवस्थापक डोलेन लिम्बूका अनुसार यस सहकारी संस्थाले स्थानीय कृषकले उत्पादन गरेका कृषिजन्य वस्तु खरिद गर्नुका साथै सहज तथा सुलभ मूल्यमा कृषकलाई आवश्यक मल, बीउबिजन, रासायनिक मल […]


प्रकाशित मिति: १७ चैत्र २०७३, बिहीबार

काठमाडौं, १७ चैत । बैंकहरुले सरकारी विकास खर्च बढ्दै गएको र राष्ट्र बैंकले कर्जा- पूँजी -निक्षेप (सिसिडी रेसियो) अनुपातमा खुकुलो नीति लिएपछि ऋण दिन सुरु गरेका  छन्  । बैंकहरुले लगानी योग्य पूँजी तरलतामा सहजता देखिन थालेपछि पहिले नै स्वीकृत गरेका ऋणहरु दिन थालेका हुन् । ऋण विस्तारै जान थालेपनि तत्कालै ब्याज दर भने घटाउन सकिने अवस्था […]


प्रकाशित मिति: १६ चैत्र २०७३, बुधबार

काठमाडौँ, १६ चैत । डलरको भाउमा आएको उत्तारचढावका कारण बुधवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ५४ हजार ६ सय रुपैयामा कारोवार गरिएको छ । मंगलवार तोलाको १ सयले घटेर ५४ हजार ९ सयमा कारोवार भएको सुन बुधवार ३ सयले घटेको हो । यसैगरी,मंगलवार  प्रतितोला ८ सयमा किनबेच भएको चाँदी बुधवार बढेर ८ सय ५ रुपैयामा कारोवार भएको […]



 

 

 

 

 

 

 


ताजा अपडेट