नवलपरासीमा वन क्षेत्र अतिक्रमण वृद्धि

प्रकाशित मिति: १२ चैत्र २०७३, शनिबार

नवलपरासी, १२ चैत । जिल्ला वन कार्यालय नवलपरासीका अनुसार राजमार्ग आसपासका क्षेत्र कावासोती, सुनवल, अरुण खोला, दाउन्ने, ज्यामिरे, चोरमारा, डन्डालगायत स्थान बढी मात्रामा अस्पताल, विद्यालय, विभिन्न सङ्घसंस्था र व्यक्तिबाट करिब पाँच हजार हेक्टर वन क्षेत्र अतिक्रमण भएको जिल्ला वन कार्यालयले जनाएको छ ।

कार्यालय स्रोतको भनाइ अनुसार वन क्षेत्र अतिक्रमण रोक्नका लागि प्रयास गरिए पनि विभिन्न राजनीतिक हस्तक्षेपका कारण अवरोध गरेको छ । कार्यालयले अब वन क्षेत्र अतिक्रमण गर्नेलाई वन अतिक्रमण रणनीति २०६८ अनुसार कारबाही गर्ने प्रक्रिया अगाडि बढाइने योजना अघि सार्ने भएको छ ।

सुरुमा बजार विस्तारका नाममा कच्ची टहरा बनाएर वन क्षेत्र अतिक्रमण गरेर बसेकाहरु पछि पक्की घर बनाएर बस्न थालेको पाइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट