‘फिनल्यान्डसँग व्यापार’ विषयक सेमिनार

प्रकाशित मिति: १६ चैत्र २०७३, बुधबार

काठमाडौं, १६ चैत । चेम्बर भवन कान्तिपथमा ‘फिनल्यान्डसँग व्यापार’ विषयक सेमिनारको आयोजना भएको छ ।

मंगलबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायत प्रतिष्ठित उद्योगी व्यवसायीहरु र फिनल्यान्डका राजदूत जोरमा सुभान्तोसँग आएको प्रतिनिधिमण्डलबीच उक्त विषयमा सेमिनार भएको हो ।

चेम्बरका अध्यक्ष डा राजेशकाजी श्रेष्ठले कार्यक्रममा स्वागत गर्दै नेपालको भौतिक निर्माण, पर्यटन, कृषि, जलबिद्युत् क्षेत्रमा फिनल्यान्डका उद्योगी व्यवसायीहरुले लगानी गरेर फाइदा उठाउन सक्ने भएकाले लगानी गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा फिनल्याण्डका राजदूत सुभान्तोले उपस्थित उद्योगी व्यवसायीहरुलाई सम्बोधन गर्दै फिनल्यान्डका विभिन्न कम्पनीहरुको बारेमा जानकारी गराएका थिए । फिनल्यान्डमा रहेको प्रविधि, पूँजी र आयात तथा निर्यातलगायत ऐन कानुनहरुको बारेमा नेपाली उद्यमी व्यवसायीहरुलाई राजदूत सुभान्तोले जानकारी गराएका थिए ।

नेपाल र फिनल्यान्डबीच व्यापार प्रवद्र्धनको प्रचुर सम्भावना रहेको बताउदै राजदूत सुभान्तोले नेपाल र फिनल्यान्डबीचको विद्यमान सम्बन्धलाई विविधिकरण गर्नुपर्ने बताए । त्यस्तै दुई देशलाई विकास साझेदारीका साथै व्यापार सम्बन्धको माध्यमबाट सम्बन्ध सुदृढ गरिनुपर्ने उनको धारणा थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट