कुरियर व्यवसायलाई भ्याट मुक्त बनाउन माग

प्रकाशित मिति: १४ चैत्र २०७३, सोमबार

काठमाडौं, १४ चैत । कुरियर व्यवसायलाई भ्याट मुक्त गराउन नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले सरकारसँग आग्रह गरेका छन् । सरकारी हुलाक सेवाले भ्याट तिर्नु नपरे पनि निजी क्षेत्रले भने त्यही काम गर्दा भ्याट तिरेर गर्नुपर्ने अवस्था भएकोले कुरियर व्यवसायलाई भ्याट मुक्त बनाउन उनले माग गरेका छन् ।

कुरियर संघको २२औँ साधारणसभामा उनले आगामी बजेटका लागि महासंघले सरकारलाई सुझाव दिँदा यो विषय पनि समेट्ने जानकारी दिए । उनले भने– ‘यसलाई सरकारले पनि गम्भिरतापूर्वक लिने हाम्रो विश्वास रहेको छ ।’

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको अत्याधुनिक एक्सरे मेसिन सबै स्थलगत नाकामा समेत राख्नुपर्ने र कुरियर व्यवसाय सञ्चालनका लागि सरकारले उपयुक्त वातावरण सृजना गर्नुपर्ने बताए ।

पछिल्लो समय बिहान १० बजे देखी ५ बजेसम्म ट्राफिक प्रहरीले कुरियरका सवारी साधन आवतजावतमा रोक लगाइदिएको भन्दै त्यसमा पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट