महिला उद्यमीलाई न्यून ब्याजमा ऋण उपलब्ध गराउनुपर्ने

प्रकाशित मिति: ३ चैत्र २०७३, बिहीबार

काठमाडौँ, ३ चैत । ग्रामीण क्षेत्रका महिलालाई साना व्यवसाय सञ्चालन गर्न सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउनु पर्नेमा सांसदहरुले  जोड दिएका छन् ।

सांसद तथा उपसमितिका सदस्यले व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिअन्तर्गत गठित महिला उद्यमशीलता विकास उपसमितिद्वारा आज आयोजित ‘महिला उद्यमशीलता विकासमा लघुवित्तको भूमिका, देखिएका समस्या र समाधानका उपाय’ विषयक छलफलमा उद्यम सञ्चालन गर्न ब्याजदर चर्को भएको गुनासो आएको भन्दै त्यसलाई कम गर्नुपर्नेमा जोड दिएका हुन ।

केन्द्रले उद्यमशील महिलालाई लक्षित गरेर सेवा प्रवाह गर्दै छलफलमा सहभागी ग्रामीण लघुवित्त विकास केन्द्र(आरएमडिसी)का प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले  बताए ।

ओझाका अनुसार केन्द्रले लघुवित्त संस्था, लुघुवित्त बैँक, सहकारी, द्धितीय मध्यस्तकर्ताको काम गर्ने गैरसरकारी संस्थालाई थोक कर्जा दिने तथा उनीहरूको क्षमताको विकास गर्दै आएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट