३ दिनमा १२ अर्ब २२ करोड रुपैंया बराबरको आबेदन

प्रकाशित मिति: ४ चैत्र २०७३, शुक्रबार

काठमाडौँ, ४ चैत । आबेदन खुल्ला भएको तेस्रो दिन बिहिबार सम्म १२ अर्ब २२ करोड रुपैया बराबरको आबेदन परेको छ ।

स्टान्डर्ड चार्टर्ड बैंकले मंगलबारबाट निस्कासन गरेको फर्दर पब्लिक अफरिङ (एफपिओ)मा ८३ हजार ५०० आबेदन मार्फत उक्त रकम बराबरको शेयर माग भएको हो ।

यसपाली आस्वा र पुरानो दुबै शैलीमा आवेदन परेको छ । शुक्रबार बिहानसम्म पुरानो शैलिमा ५४ हजार आवेदन मार्फत सात अर्ब ११ करोड रुपैया बराबरको आवेदन भएको पाइएको छ । यस्तै आस्वा मार्फत २८ हजार आबेदनबाट पाँच अर्ब १० करोड रुपैँया बराबरको आवेदन परेको जनाइएको छ ।

बैंकले १०० रुपैयाँ अंकित दरमा ११ सय ९० रुपैयाँ प्रिमियम थपेर १२ सय ९० रुपैयाँको दरले २५ लाख ५८ हजार १४० कित्ता एफपिओ प्रकाशन गरेको हो । न्युनतम १० देखि अधिकतम २५ हजार ५८० कित्तासम्म दिन पाइने व्यवस्था रहेको छ ।

आबेदन दिने आज अन्तिम दिन रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट