कञ्चनपुरमा शुक्रबारदेखि शुक्लाफाँटा महोत्सव

प्रकाशित मिति: ३ चैत्र २०७३, बिहीबार

कञ्चनपुर, ३ चैत । सुदूरपश्चिम क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रका साथै समग्र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार र  प्रवद्र्धनका लागि शुक्लाफाँटा महोत्सव–२०७३  हुने भएको छ ।

आयोजक नेपाल टुर एन्ड ट्राभल्स एसोसिएसन, सुदूरपश्चिमले बुधबार कञ्चनपुरको भीमदत्तनगरमा पत्रकार सम्मेलन गर्दै  शुक्लाफाँटा महोत्सवका बारेमा जानकारी गराएको हो ।

महोत्सव यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको संवद्र्धन तथा प्रवद्र्धनका लागि आयोजना हुन लागिएको हो ।सुदूरपश्चिमका पर्यटकीय क्षेत्र खप्तड, रामारोसन, मालिकार्जुन, अपी र सैपाल लगायतका गन्तव्यका बारेमा महोत्सवको माध्यमबाट जानकारी गराइनेछ ।

शुक्रबारदेखि हुने महोत्सवमा व्यवसायी र छिमेकी मुलुक भारतका विभिन्न भू-भागका पर्यटकलाई सम्मिलित गराउने उद्देश्य रहेको छ । यही चैत्र ४ देखि ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटक सम्मिलित हुने बताइएको छ ।go


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट