विश्व
प्रकाशित मिति: १४ माघ २०७५, सोमबार

नयाँ दिल्ली । आमाको प्रेम सम्बन्धको विरोध जनाएपछि भारतको पूर्वी दिल्लीको न्यू अशोक नगरमा एक आमाले आफ्ना प्रेमीसँग मिलेर छोराको हत्या गरेकी छन् । आमाले आफ्ना प्रेमीसँग मिलेर छोरा रवीन्द्रको टाउकोमा ढुंगाले थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । रवीन्द्रलाई आमाले पर पुरुषसँग सम्बन्ध राखेको मन नपरेकाले पटक-पटक आमालाई सम्झाउँने प्रयास गरेका थिए । तर, […]


प्रकाशित मिति: ४ माघ २०७५, शुक्रबार

चण्डीगढ । बलात्कारको मुद्दामा सजाय भोगीरहेका भारतीय धर्मगुरु रामरहिम सिंहलाई हत्या आरोपमा आजीवन कारावासको सजाय सुनाइएको छ । सन् २०१७ मा दुई महिला अनुयायीमाथि बलात्कार गरेको आरोपमा २० वर्षको जेल सजाय सुनाइएका रामरहिम सन् २००२ मा एक जना पत्रकारको हत्यामा समेत दोषी पाइएपछि अदालतले आजीवन कारावासको फैसला सुनाएको हो । भारत चुकुलाको विशेष सिबिआइ अदालतले […]


प्रकाशित मिति: १६ पुष २०७५, सोमबार

ढाका । बंगलादेशमा आइतबार सम्पन्न निर्वाचनमा शेख हसिना तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदमा विजयी भएकी छन् । निर्वाचनबाट हसिना लगातार तेस्रो कार्यकालका लागि चुनिएकी छन् । संसदको ३५० मध्ये २८१ सिटमा हसिनाको पार्टी अवामी लीगले जितेको छ । विपक्षी दल जम्मा सात सिटमा विजयी भएको छ । यता बंगलादेश नेशनल पार्टी (बीएनपी)ले चुनावमा सरकारले धाँधली […]


प्रकाशित मिति: १४ पुष २०७५, शनिबार

फिलिपिन्स । शनिबार बिहान दक्षिणी फिलिपिन्सको पोन्डागुइटन नजिकै केन्द्रबिन्दु भएर ६.९ रेक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले भूकम्पपछि सुनामीको खतरा रहेको भन्दै सतर्क रहन चेतावनी दिएको छ । सीएनएनका अनुसार, अमेरिकाको प्यासिफिक सुनामी वार्निङ सेन्टरले सुनामीको खतरा रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । भूकम्पको धक्का मिन्डाओ, डाभाओलगायतमा […]


प्रकाशित मिति: १० पुष २०७५, मंगलवार

मेक्सिको । मेक्सिकोमा विमान दुर्घटना हुँदा केहीदिन अघि मात्र गभर्नरका रूपमा कार्यभार सम्हालेकी पुएब्ला प्रान्तकी गभर्नर मार्था एरिका एलोन्सोको मृत्यु भएको छ । मध्यमार्गी प्यान पार्टीकी सदस्य पैंतालीस वर्षीया मार्था पहिलो महिला गभर्नर थिइन् । दुर्घटनामा परी उनका पति सिनेटर राफेल मोरेनो वालेको पनि मृत्यु भएको छ । दुर्घटनामा उनीहरुसँगै ५ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् […]


प्रकाशित मिति: ८ पुष २०७५, आईतवार

एजेन्सी । इन्डोनेसियाको जाभा र सुमात्राका आइल्याण्डमा सुनामीका कारण ६० जना भन्दा बढीको मृत्यु भएको छ । ज्वालामुखी बिस्फोट भएका कारण आइल्याण्डसँग जोडिएको समुद्री क्षेत्रमा पानिमुनि पहिरो गएपछि सुनामी आएको हो। जाभा र सुमात्रा टापुमा रहेका आइल्याण्डका बासिन्दा सुनामीका कारण प्रभावित भएका छन् । धेरै मानिसहरु अझै बेपत्ता रहेको र सयौँ भवन भत्किएका कारण कम्तिमा […]


प्रकाशित मिति: २६ मंसिर २०७५, बुधबार

नयाँ दिल्ली । सत्तारुढ दल भारतीय जनता पार्टी बीजेपीलाई भारतको पाँच राज्यमा भएको विधानसभा चुनावमा भारतीय कांग्रेसले ठूलो झट्का दिएको छ । राजस्थान, मध्यप्रदेश, छत्तीसगढ, तेलंगाना र मिजोरम राज्यमा भएको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टीले नराम्रो हार ब्यहोरेको छ । पाँच मध्ये तीन ठूला राज्य मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा भारतीय कांग्रेस सत्तामा फर्किने संकेत […]


प्रकाशित मिति: १७ मंसिर २०७५, सोमबार

दोहा । पेट्रोलियम पदार्थ निर्यात गर्ने देशहरूको समूह (ओपेक)बाट कतारले बाहिरिने निर्णय गरेको छ । १९६१ मा ओपेकको सदस्य बनेको कतारले आगामी जनवरी १ देखि ओपेकबाट बाहिरिने निर्णय गरेको हो । कतारका उर्जामन्त्री साद सेरिदा अल काबीले पेट्रोलियम ग्यासको विकास र उत्पादन बढाउन ओपेकबाट बाहिरिन लागेको बताएका छन्। डिसेम्बर ६ मा हुन लागेको ओपेक बैठकअघि […]


प्रकाशित मिति: १५ मंसिर २०७५, शनिबार

वाशिंगटन । अमेरिकी पूर्व राष्ट्रपति जर्ज हरबर्ट वॉकर बुशको ९४ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशलाई गएको अप्रिलमा इन्फेक्सनका कारण अस्पताल भर्ना गरिएका बुशको गएराति निधन भएको बीबीसीले जनाएको छ । पूर्व राष्ट्रपति बाराक ओबामाले बुशको निधनप्रति शोक व्यक्त गरेका छन् । सन् १९८९ देखि १९९३ सम्म […]


प्रकाशित मिति: १० मंसिर २०७५, सोमबार

हेरात । तालिबान विद्रोही लडाकू समूहले राखेको विद्युतीय धरापमा परेर २२ जना अफगानी प्रहरीको मृत्यु भएको छ । पश्चिमी अफगानिस्तानको फराह प्रान्तमा आइतबार प्रहरी चढेको सवारीसाधनमा आक्रमण हुँदा कम्तीमा दुईजना प्रहरी अधिकृत घाइते भएको प्रान्तीय राजधानीको सरकारी अस्पतालका निर्देशक शिर अहमद वेदाले बताए । दुवै आक्रमणको जिम्मेवारी लिएको तालिबानले २५ जना प्रहरी मारिएको र चारजना […]


प्रकाशित मिति: ९ मंसिर २०७५, आईतवार

पेरिस । सरकारले पेट्रोल र डिजेलको मूल्य बढाएपछि फ्रान्सेली नागरिकले मूल्य वृद्धिको विरोधमा गर्दै आएको विरोध प्रदर्शन चर्काएका छन् । पेट्रोलको भाउ घटाउन माग गर्दै भएको विरोध प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले बल प्रयोग गरेको छ । शनिबार राति प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रदशैनकारीमाथि प्रहार गरेको थियो । पहेँलो […]


प्रकाशित मिति: ७ मंसिर २०७५, शुक्रबार

इस्लामाबाद । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको एउटा मदरसा नजिकै भएको बम आक्रमणमा परी करिब २५ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । शुक्रबार भएको यो बम आक्रमण औरकजई जिल्लाको कलाया क्षेत्रको जुमा बजारमा भएको हो । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यस घटनामा संलग्नहरूलाई चाँडै पत्ता लगाइने बताए । घटनाको जिम्मेवारी हालसम्म […]


प्रकाशित मिति: ४ मंसिर २०७५, मंगलवार

काबुल । मुस्लिम धर्मका गुरु पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाउन राजधानी काबुलस्थित उरानस हलमा भेला भएका धार्मिक नेतालाई लक्षित गर्दै अफगानिस्तानमा आत्मघाती बम विस्फोटबाट ५० जनाको मृत्यु भएको छ । घटनास्थलमा कम्तीमा एक हजार जना उपस्थित रहेको बीबीसीले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार घटनामा कम्तीमा पनि ६० जना भन्दा बढी घाइते भएका छन्। घटनाको जिम्मेवारी कसैले […]


प्रकाशित मिति: २७ कार्तिक २०७५, मंगलवार

नयाँ दिल्ली । भारतका एक जना अनुभवी विमान चालकको अनुमतीपत्र रद्द गरिएको छ । एयर इन्डियाको विमान उडाएर लण्डन लैजान लागेको बेला वरिष्ठ चालक अरबिन्द काथपालियाले मादक पदार्थ सेवन गरेको पाइएपछि उनको अनुमतीपत्र रद्द गरिएको अधिकारीहरुको भनाई छ। विमान चलाउनुअघि श्वास परिक्षण गर्दा मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि उनको अनुमतिपत्र केही समयका लागि सोमबार […]


प्रकाशित मिति: २२ कार्तिक २०७५, बिहीबार

क्यालिफोर्निया । क्यालिफोर्नियाको हाउजेन्ड ओक्स सहरस्थित एउटा रेष्टुराँमा कलेजका विद्यार्थीले पार्टी आयोजना गरिरहँदा भएको आक्रमणमा बन्दूकधारीसहित १२ जनाको मृत्यु भएको छ। बोर्डरलाइन बार एन्ड ग्रिल नामक सो रेष्टुराँमा मध्य रातमा पार्टी चलिरहँदा बन्दूकधारीले फायरिङ गरेका थिए । सुरक्षा अधिकारीका अनुसार आक्रमणकारी रेष्टुराँभित्रै मृत भेटिएका छन्। रात्री पार्टीमा सहभागी ११ जनाको मृत्यु भएको सिएनएनले जनाएको छ। […]



 

 

 

 

 

 

 


ताजा अपडेट