कतारले गर्‍यो तेल निर्यात गर्ने देशको समूहबाट बाहिरिने निर्णय

प्रकाशित मिति: १७ मंसिर २०७५, सोमबार

दोहा । पेट्रोलियम पदार्थ निर्यात गर्ने देशहरूको समूह (ओपेक)बाट कतारले बाहिरिने निर्णय गरेको छ ।

१९६१ मा ओपेकको सदस्य बनेको कतारले आगामी जनवरी १ देखि ओपेकबाट बाहिरिने निर्णय गरेको हो । कतारका उर्जामन्त्री साद सेरिदा अल काबीले पेट्रोलियम ग्यासको विकास र उत्पादन बढाउन ओपेकबाट बाहिरिन लागेको बताएका छन्।

डिसेम्बर ६ मा हुन लागेको ओपेक बैठकअघि कतार यस्तो निर्णय गरेको छ। ओपेक समूह छोड्ने घोषणा गर्ने कतार पहिलो खाडी राष्ट्र हो।

वार्षिक ७ करोड ७० लाख टन पेट्रोलियम ग्यास उत्पादन गरिरहेको कतारले त्यो बढाएर ११ करोड टन पुर्‍याउने लक्ष्य रहेको कतारका उर्जामन्त्री काबीले बताए। ओपेकमा१५ वटा देश सदस्य रहेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट