फ्रान्समा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा हिंस्रक प्रदर्शन

प्रकाशित मिति: ९ मंसिर २०७५, आईतवार

पेरिस । सरकारले पेट्रोल र डिजेलको मूल्य बढाएपछि फ्रान्सेली नागरिकले मूल्य वृद्धिको विरोधमा गर्दै आएको विरोध प्रदर्शन चर्काएका छन् ।

पेट्रोलको भाउ घटाउन माग गर्दै भएको विरोध प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले बल प्रयोग गरेको छ । शनिबार राति प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रदशैनकारीमाथि प्रहार गरेको थियो ।

पहेँलो ज्याकेट लगाएर राष्ट्रपति इमानुयल म्याक्रोनको राजीनामा माग गर्दै प्रदर्शन चर्काएका उनीहरुले केही गाडीमा आगजनी गरेका छन् । राष्ट्रपति म्याक्रोनले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य बढेकाले पेट्रोलियम पदार्थको मूल्य बढेको बताउँदै आएका छन् ।

फ्रान्समा पेट्रोलियमको मूल्य २३ प्रतिशतले बढेको छ । प्रहरी र प्रदर्शनकारीको झडपमा केही व्यक्ति घाइते भएका बिबिसीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट