भारतीय धर्मगुरु राम रहिमलाई पत्रकार हत्या आरोपमा आजीवन जेल सजाय

प्रकाशित मिति: ४ माघ २०७५, शुक्रबार

चण्डीगढ । बलात्कारको मुद्दामा सजाय भोगीरहेका भारतीय धर्मगुरु रामरहिम सिंहलाई हत्या आरोपमा आजीवन कारावासको सजाय सुनाइएको छ ।

सन् २०१७ मा दुई महिला अनुयायीमाथि बलात्कार गरेको आरोपमा २० वर्षको जेल सजाय सुनाइएका रामरहिम सन् २००२ मा एक जना पत्रकारको हत्यामा समेत दोषी पाइएपछि अदालतले आजीवन कारावासको फैसला सुनाएको हो । भारत चुकुलाको विशेष सिबिआइ अदालतले रहीमलाई बिहीबार आजीवन कारावासको सजाय सुनाएको हो ।

उनको समुदायभित्र रहेका महिलाहरूविरुद्ध उनले गरेका यौन दुर्व्यवहारका घटना उजागर गरिदिएका एक पत्रकारको हत्यामा दोषी पाइएपछि उनलाई आजीवन कारावासको सजाय सुनाइएको हो। सिर्साको उत्तरपश्चिममा अवस्थित डेराको मुख्य कार्यालयमा भएका यौन दुराचारको खबर बाहिर ल्याएपछि पत्रिकाका सम्पादक रामचन्द्र छत्रपतिको गोली हानी हत्या गरिएको थियो।

पत्रकार छत्रपतिले रामरहिमले महिला अनुयायिहरुमाथि गर्ने अन्याय र बलात्कारका घटनाहरु बाहिर ल्याउने साहस गरेका थिए । सञ्चारमाध्यमका अनुसार छत्रपति सिरसाको सन्ध्याकालीन दैनिक ‘पूरा सच’ का सम्पादक थिए। छत्रपतिको हत्यामा रहीमसँगै दोषी ठहरिएका कुलदीप सिंह, निर्मल सिंह र कृष्णलाललाई पनि आजीवन जेल सजाय तोकिएको छ।

यो पनि पढ्नुहोस् :

– धर्म गुरु राम रहीम बलात्कारी ठहर (तस्बिरसहित)
हिंसामा परी भारतमा ३० को मृत्यु, २५० घाइते

– फरार रहेकी हनीप्रीत पक्राउ


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट