धर्म गुरु राम रहीम बलात्कारी ठहर (तस्बिरसहित)

हिंसामा परी भारतमा ३० को मृत्यु, २५० घाइते

प्रकाशित मिति: १० भाद्र २०७४, शनिबार

चण्डीगढ । भारतको हरियाणा सहरमा लाखौं मानिसहरुले आफ्ना धर्म गुरु मान्दै आएका गुरमित रामरहिम सिंहलाई सीबीआई कोर्टले बलात्कारको मुद्दामा दोषी ठहर गरेपछि बाबा राम रहीम विरुद्ध भारतको पञ्चकुलामा उनका समर्थकहरुले गरेको प्रदर्शनमा परी ३० जनाको मृत्यु भएको छ भने २५० जना भन्दा बढी घाइते भएका छन् ।

बाबा राम रहीमलाई बलात्कारी भएको घोषणासँगै हरियाणामा हिंसा भड्केको हो । ठाउँ ठाउँमा गाडी बसहरु जलाइएका छन् । सयौंको संख्यामा हिंसा रोक्न सैनिक तैनाथ गरिए पनि हिंसा रोक्न सकेका छैनन् । भारतको हरियाणा, पंजाब, दिल्ली, यूपी र राजस्थानलगायतका स्थानमा हिंसा बढ्दै गएको बताइएको छ ।

प्राप्त जानकारीका अनुसार राम रहीमका गुण्डाहरुले पञ्चकुलामा सयौं गाडीहरु जलाएका छन् भने २ पेट्रोल पम्प, त्यहाँ रहेका सरकारी कार्यालयमा गएर उनीहरुले हिंसा गरेको बताइएको छ । स्थिति असामान्य बनेपछि अहिले पञ्चकुलामा कफ्र्यू लगाइएको छ । अदालतको फैसलापछि अहिले राम रहीमलाई रोहतकको प्रहरी तालिम केन्द्रको अस्थायी जेलमा राखिएको छ । राम रहीमलाई २८ अगस्तमा सजाय सुनाइने छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट