बम विष्फोटमा परी पाकिस्तानमा २५ जनाको मृत्यु

प्रकाशित मिति: ७ मंसिर २०७५, शुक्रबार

इस्लामाबाद । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको एउटा मदरसा नजिकै भएको बम आक्रमणमा परी करिब २५ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।

शुक्रबार भएको यो बम आक्रमण औरकजई जिल्लाको कलाया क्षेत्रको जुमा बजारमा भएको हो । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यस घटनामा संलग्नहरूलाई चाँडै पत्ता लगाइने बताए । घटनाको जिम्मेवारी हालसम्म कसैले पनि लिएको छैन ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट