विश्व
प्रकाशित मिति: ३ आश्विन २०७५, बुधबार

इस्लामाबाद । अवैधानिक रुपमा विदेशमा सम्पत्ति लगेको आरोपमा जेल सजाय भोगिरहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफलाई रिहा गर्न उच्च अदालतले आदेश दिएको छ । अदालतले गत ६ जुलाईमा पूर्व प्रधानमन्त्री सरिफलाई १० वर्ष, उनीकी छोरी मरियमलाई ७ वर्ष र ज्वाई सफदरलाई १ वर्षको जेल सजाय सुनाएको थियो । तर उनीहरुले आफूहरुलाई लगाइएका आरोप झुटा भएको […]


प्रकाशित मिति: १ आश्विन २०७५, सोमबार

बेइजिङ । फिलिपिन्सको लुजोनबाट सक्रिय भएको म्याङ्कुट नामक सामुद्रिक आँधी चीनको दक्षिणी क्षेत्र प्रवेश गरेसँगै जनजीवन अस्तव्यस्त भएको छ । प्रतिघण्टा १ सय ६२ किलोमिटरको वेगमा आएको उक्त आँधीका कारण उडानहरू रद्द भएका छन्, रेलहरू रोकिएका छन् र मुख्य सडकहरू बन्द भएका छन् । आँधीका कारण चीनको गुवाङडोङ प्रान्तसहित हङकङ र मकाउमा पनि जनजीवन प्रभावित […]


प्रकाशित मिति: ३१ भाद्र २०७५, आईतवार

फिलिपिन्स । फिलिपिन्समा समुद्री आँधी म्याङकुटका कारण १४ जनाको मृत्यु भएको छ । आँधीले उत्तरी फिलिपिन्सका घरको छत उडाउनुका साथै ४२ स्थानमा पहिरो गएको छ । आँधी, वर्षा र बाढीका कारण करिब ५० लाख जनता प्रभावित भएका छन् भने हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यो आँधी यो वर्षकै सबैभन्दा शक्तिशाली आँधी भएको विश्व […]


प्रकाशित मिति: ३० भाद्र २०७५, शनिबार

मेक्सिको । शनिबार बिहान मेक्सिको सिटीस्थित प्लाजा गारिबाल्डी नजिक ‘मारियाची बार’मा अन्दाधुन्दा गोली प्रहार हुँदा ३ जनाको मृत्यु हुनुका साथै ७ जना घाइते भएका छन्। परम्परागत संगीतकारको भेषमा रहेका एक संदिग्ध व्यक्तिले अन्दाधुन्दा गोली प्रहार गरेर मोटर साइकलको साहारामा त्यहाँबाट भागेका थिए। गोली प्रहार गर्ने व्यक्तिको पहिचान हुन सकेको छैन ।


प्रकाशित मिति: २९ भाद्र २०७५, शुक्रबार

रोयटर्स । अमेरिकामा पूर्वी तटीय क्षेत्र नजिकै पुग्दै गरेको समुद्री आँधी फ्लोरेन्सका कारण धेरै मानिसको ज्यान जाने सक्ने चेतावनी दिइएको छ । आँधीबाट जोगिन जोखिमयुक्त क्षेत्रका लाखौँ मानिसहरु २÷३ दिन देखि नै सुरक्षित स्थानमा जाने क्रम चलिरहेको छ । आँधी तटीय क्षेत्रमा ठोक्किने बेला आएकाले अहिलेसम्म सुरक्षित स्थानमा नगएकाहरुको ज्यान जोखिममा रहेको सरकारी अधिकारीले चेतावनी […]


प्रकाशित मिति: २५ भाद्र २०७५, सोमबार

नयाँ दिल्ली । पेट्रोलियम पदार्थमा लगातार गरिएको मूल्य वृद्विको विरोधमा भारतीय कांग्रेसले आज भारत बन्दको आव्हान गरेको छ । कांंग्रेस अध्यक्ष राहुल गान्धीको उपस्थिति रहेको विरोध प्रदर्शनमा नरेन्द्र मोदी सरकारको विरोध गरिएको थियो । बीजेपीको केन्द्र सरकारमाथि हमला गर्दै राहुल गान्धीले प्रधानमन्त्री मोदीले यस विषयमा नबोली साथ दिएको आरोप समेत लगाएका छन् । मोदी सरकारले […]


प्रकाशित मिति: २३ भाद्र २०७५, शनिबार

काठमाडौं, २३ भदौ । सामाजिक सञ्जाल फेसबुकमा गलत सामग्रीहरु राखेको आरोपमा थाईल्याण्डको प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । बेलायती एक जना पर्यटकलाई बलात्कार गरेको सम्वन्धी गलत सामग्री फेसबुकमा राखेको आरोपमा गत हप्ताभरीमा उनीहरुलाई पक्राउ गरिएको एक वकीलले शुक्रबार जानकारी दिएक छन् । बेलायती १९ बर्षीय ती महिला अहिले घर फर्किसकेकी छन् । उनलाई विदा […]


प्रकाशित मिति: २० भाद्र २०७५, बुधबार

एजेन्सी, २० भदौ । जापानमा शक्तिशाली आँधी आएको छ । २५ बर्षयताकै शक्तिशाली आँधीमा परेर ज्यान गुमाउनेको संख्या ७ पुगेको छ भने २०० जनाभन्दा बढी घाइते भएका छन्। मौसमविद्हरुले यो आँधी सन् १९९३ यताकै शक्तिशाली आँधी भएको जनाएका छन् । प्रतिघण्टा १ सय ७२ किलोमिटरको गतिमा आइरहेको आँधीको नाम जेबी दिइएको छ । भारी वर्षासहित […]


प्रकाशित मिति: १३ भाद्र २०७५, बुधबार

मुम्बई । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्याको षड्यन्त्र रचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महाराष्ट्र प्रहरीले प्रधानमन्त्री मोदीको हत्या गर्ने षडयन्त्र रचेको र महाराष्ट्रको भिमा कोरेगावँ हिंसामा संलग्न भएको आरोपमा क्रान्तिकारी विचारधाराका लेखक तथा सामाजिक कार्यकर्ता वरवरा रावलाई पक्राउ गरेको छ । रावलाई हैदराबादबाट पक्राउ गरिएको हो । हैदराबादमा रहेका रावका दुई […]


प्रकाशित मिति: ६ भाद्र २०७५, बुधबार

काराकास । भेनेजुएलाको पूर्वी तट एगुरापारो नजिक केन्द्रबिन्द्र भएर ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । मंगलबार गएको उक्त शक्तिशाली भूकम्पको धक्का १ मिनेटसम्म महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भूकम्पको धक्काले भागदौड मच्चिए पनि अहिलेसम्म मानवीय तथा भौतिक क्षतिको विवरण नआएको बताइएको छ । भूकम्पको धक्का करिब १ मिनेटसम्म भेनेजुएलाको राजधानी काराकाससम्म महसुस […]


प्रकाशित मिति: २ भाद्र २०७५, शनिबार

नयाँ दिल्ली । भारतको केरला राज्यमा आएको बाढीमा परेर अहिलेसम्म ३ सय २४ जनाको मृत्यु भएको छ भने दुई लाखभन्दा बढी परिवार विस्थापित भएका छन्। निरन्तरको वर्षाले आएको बाढी र पहिरोका कारण केरला राज्यका विशेष गरी १३ जिल्ला प्रभावित भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार केरलाको कासरगोडबाहेक सबै जिल्लामा राज्य सरकारले रेड अर्लट जारी गरेको […]


प्रकाशित मिति: ३१ श्रावण २०७५, बिहीबार

नयाँ दिल्ली । भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपयीको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको छ । उनी उपचाररत रहेको अखिल भारतीय आयुर्विज्ञान संस्था (एम्स्)ले बुधबार साँझ विज्ञप्ती जारी गर्दै स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको र उनलाई ‘लाइफ सपोर्ट’ मा राखिएको जनाएको छ । उनको उपचारमा एम्सका निर्देशक डा. रणदीप गुलेरिया नेतृत्वको टोली संलग्न छ। गुलेरिया तीन […]


प्रकाशित मिति: ३० श्रावण २०७५, बुधबार

रोम । इटलीको उत्तर पश्चिममा शहर जेनोओवामा रहेको पुल भत्किँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने १५ जना गम्भीर घाइते भएका छन् । भारी वर्षाका बीच आएको आँधी तुफानका कारण पूल भत्किएपछि तीसवटा भन्दा बढी गाडीहरु पुलसँगै भुइँमा बज्रेका थिए । पुलमाथिबाट तीव्र गतिमा गुड्दै गरेका कयौं सवारी साधनसमेत खसेका छन् । एकजना प्रत्यक्षदर्शीले […]


प्रकाशित मिति: २५ श्रावण २०७५, शुक्रबार

यमन । यमनको राजधानी सानास्थित एक चोकमा १० वर्षीय बालिकालाई बलात्कार गरेर हत्या गरेकोमा दोषी ठहर गर्दै ती तीन जनालाई सार्वजनिक स्थलमा मृत्युदण्ड दिइएको छ । यमनमा व्यभिचार, यौन दुर्व्यवहार, वेश्यावृत्ति, धर्म त्यागजस्ता अपराधमा मृत्युदण्डको सजाय दिने प्रावधान अनुसार नै ती तीन जनालाई चोकमा गोली हानी मृत्युदण्ड दिइएको हो । तीनैजनाको शवलाई क्रेनमा झुण्ड्याएर प्रदर्शन […]


प्रकाशित मिति: २४ श्रावण २०७५, बिहीबार

वासिङ्टन । अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने भएको छ । गत मार्चमा रुसका पूर्वगुप्तचर सेर्गेइ स्क्रिपाल र उनकी छोरीलाई गरिएको विष आक्रमणमा रुसको संलग्नता रहेको भन्दै अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने तयारी गरेको हो । अमेरिकी विदेश मन्त्रालयको राज्य विभागले बुधबार एक विज्ञप्ति जारी गर्दै पूर्व जासुसमाथिको आक्रमणमा रुस दोषी देखिएकाले यही अगस्ट २२ देखि रुसमाथि प्रतिबन्ध […]



 

 

 

 

 

 

 


ताजा अपडेट