सुनामीका कारण ६० जना भन्दा बढीको मृत्यु, ५८४ जना घाइते

प्रकाशित मिति: ८ पुष २०७५, आईतवार

एजेन्सी । इन्डोनेसियाको जाभा र सुमात्राका आइल्याण्डमा सुनामीका कारण ६० जना भन्दा बढीको मृत्यु भएको छ ।

ज्वालामुखी बिस्फोट भएका कारण आइल्याण्डसँग जोडिएको समुद्री क्षेत्रमा पानिमुनि पहिरो गएपछि सुनामी आएको हो। जाभा र सुमात्रा टापुमा रहेका आइल्याण्डका बासिन्दा सुनामीका कारण प्रभावित भएका छन् । धेरै मानिसहरु अझै बेपत्ता रहेको र सयौँ भवन भत्किएका कारण कम्तिमा ५८४ जना घाइते भएको विपद व्यवस्थापन एजेन्सीले जनाएको छ ।

राजधानी जकार्ताबाट नजिकै रहेको विश्व प्रशिद्ध पर्यटकीय गन्तव्य आसपासमा सुनामीको असर परेको हो तर अहिलेसम्म पनि उद्धार तथा राहतकर्मी पुग्न नसकेको रोयटर्सले उल्लेख गरेको छ । सन् २००४ को डिसेम्बर २६ मा भूकम्पपछि गएको सुनामीमा परेर १३ देशका दुई लाख २६ हजार मानिसको ज्यान गएको थियो भने यसरी ज्यान गुमाउनेमा इन्डोनेसियाका एक लाख २० हजार भन्दा बढी थिए ।

क्राकातोए ज्वालामुखी बिस्फोट भएपछि शनिबार राति अबेर सम्म सुनामी गएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट