क्यालिफोर्नियाको रेष्टुराँमा आक्रमण हुँदा १२ जनाको मृत्यु

प्रकाशित मिति: २२ कार्तिक २०७५, बिहीबार

क्यालिफोर्निया । क्यालिफोर्नियाको हाउजेन्ड ओक्स सहरस्थित एउटा रेष्टुराँमा कलेजका विद्यार्थीले पार्टी आयोजना गरिरहँदा भएको आक्रमणमा बन्दूकधारीसहित १२ जनाको मृत्यु भएको छ।

बोर्डरलाइन बार एन्ड ग्रिल नामक सो रेष्टुराँमा मध्य रातमा पार्टी चलिरहँदा बन्दूकधारीले फायरिङ गरेका थिए । सुरक्षा अधिकारीका अनुसार आक्रमणकारी रेष्टुराँभित्रै मृत भेटिएका छन्।

रात्री पार्टीमा सहभागी ११ जनाको मृत्यु भएको सिएनएनले जनाएको छ। बुधबार राति करिब ११ः२० मिनेटमा फायरिङ सुरु भएको थियो। त्यतिबेला सो रेष्टुराँमा करिब २ सय जना मान्छे थिए।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट