मेक्सिकोमा विमान दुर्घटना, गभर्नरसहित ५ जनाको मृत्यु

प्रकाशित मिति: १० पुष २०७५, मंगलवार

मेक्सिको । मेक्सिकोमा विमान दुर्घटना हुँदा केहीदिन अघि मात्र गभर्नरका रूपमा कार्यभार सम्हालेकी पुएब्ला प्रान्तकी गभर्नर मार्था एरिका एलोन्सोको मृत्यु भएको छ ।

मध्यमार्गी प्यान पार्टीकी सदस्य पैंतालीस वर्षीया मार्था पहिलो महिला गभर्नर थिइन् । दुर्घटनामा परी उनका पति सिनेटर राफेल मोरेनो वालेको पनि मृत्यु भएको छ ।

दुर्घटनामा उनीहरुसँगै ५ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट