बंगलादेशको प्रधानमन्त्रीमा शेख हसिना फेरि विजयी

प्रकाशित मिति: १६ पुष २०७५, सोमबार

ढाका । बंगलादेशमा आइतबार सम्पन्न निर्वाचनमा शेख हसिना तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदमा विजयी भएकी छन् ।

निर्वाचनबाट हसिना लगातार तेस्रो कार्यकालका लागि चुनिएकी छन् । संसदको ३५० मध्ये २८१ सिटमा हसिनाको पार्टी अवामी लीगले जितेको छ । विपक्षी दल जम्मा सात सिटमा विजयी भएको छ ।

यता बंगलादेश नेशनल पार्टी (बीएनपी)ले चुनावमा सरकारले धाँधली गरेको आरोप लगाउँदै निर्वाचन परिणामलाई अस्वीकार गरेको छ ।

बीएनपीका प्रवक्ताले २२१ संसदीय निर्वाचन क्षेत्रमा धाँधली भएको आरोप लगाउँदै पुनः मतदानको माग समेत गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट