अफगानिस्तानमा आत्मघाती बम विस्फोटमा परी ५० जनाको मृत्यु

प्रकाशित मिति: ४ मंसिर २०७५, मंगलवार

काबुल । मुस्लिम धर्मका गुरु पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाउन राजधानी काबुलस्थित उरानस हलमा भेला भएका धार्मिक नेतालाई लक्षित गर्दै अफगानिस्तानमा आत्मघाती बम विस्फोटबाट ५० जनाको मृत्यु भएको छ ।

घटनास्थलमा कम्तीमा एक हजार जना उपस्थित रहेको बीबीसीले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार घटनामा कम्तीमा पनि ६० जना भन्दा बढी घाइते भएका छन्। घटनाको जिम्मेवारी कसैले नलिएको अफगानको गृह मन्त्रालयले जनाएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट