रक्सी खाएर पाइलटले विमान चलाउन खोजेपछि…

प्रकाशित मिति: २७ कार्तिक २०७५, मंगलवार

नयाँ दिल्ली । भारतका एक जना अनुभवी विमान चालकको अनुमतीपत्र रद्द गरिएको छ ।

एयर इन्डियाको विमान उडाएर लण्डन लैजान लागेको बेला वरिष्ठ चालक अरबिन्द काथपालियाले मादक पदार्थ सेवन गरेको पाइएपछि उनको अनुमतीपत्र रद्द गरिएको अधिकारीहरुको भनाई छ।

विमान चलाउनुअघि श्वास परिक्षण गर्दा मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि उनको अनुमतिपत्र केही समयका लागि सोमबार रद्द गरिएको अधिकारीले जनाएका छन् । विमान चालक काथपालियाको अनुमतीपत्र यसअघि पनि सन् २०१७ मा तीन महिना रद्ध गरिएको थियो।

सबै विमान चालक र चालक दलका सदस्यहरुलाई कम्तीमा पनि १२ घण्टाभन्दा अगाडि मादक पदार्थ सेवन गर्न निषेध गरिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट