फिलिपिन्समा ६.९ रेक्टर स्केलको भूकम्प

प्रकाशित मिति: १४ पुष २०७५, शनिबार

फिलिपिन्स । शनिबार बिहान दक्षिणी फिलिपिन्सको पोन्डागुइटन नजिकै केन्द्रबिन्दु भएर ६.९ रेक्टर स्केलको भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले भूकम्पपछि सुनामीको खतरा रहेको भन्दै सतर्क रहन चेतावनी दिएको छ । सीएनएनका अनुसार, अमेरिकाको प्यासिफिक सुनामी वार्निङ सेन्टरले सुनामीको खतरा रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।

भूकम्पको धक्का मिन्डाओ, डाभाओलगायतमा क्षेत्रमा महसुस भएको बताइए पनि मानवीय तथा भौतिक क्षतिबारेको विवरण आइनसकेको सीएनएनले जनाएको छ । स्थानीय समयअनुसार, शनिबार बिहान ११ः३९ बजे ६.९ रेक्टर स्केलको भूकम्प गएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट