रहेनन् अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुश

प्रकाशित मिति: १५ मंसिर २०७५, शनिबार

वाशिंगटन । अमेरिकी पूर्व राष्ट्रपति जर्ज हरबर्ट वॉकर बुशको ९४ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ ।

पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशलाई गएको अप्रिलमा इन्फेक्सनका कारण अस्पताल भर्ना गरिएका बुशको गएराति निधन भएको बीबीसीले जनाएको छ । पूर्व राष्ट्रपति बाराक ओबामाले बुशको निधनप्रति शोक व्यक्त गरेका छन् ।

सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति रहेका बुश अमेरिकाका ४१औँ राष्ट्रपति थिए । उनका छोरा जर्ज डब्लू बुश अमेरिकाको ४३औँ राष्ट्रपति बनेका थिए ।

अमेरिकामा बाउछोरा राष्ट्रपति बन्ने बुशहरु दोस्रो हुन् । यसअघि जोन आडम्स र उनका छोरा अमेरिकाको राष्ट्रपति बनेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट