आमाले गरिन् प्रेमीसँग मिलेर छोराको हत्या

प्रकाशित मिति: १४ माघ २०७५, सोमबार

नयाँ दिल्ली । आमाको प्रेम सम्बन्धको विरोध जनाएपछि भारतको पूर्वी दिल्लीको न्यू अशोक नगरमा एक आमाले आफ्ना प्रेमीसँग मिलेर छोराको हत्या गरेकी छन् ।

आमाले आफ्ना प्रेमीसँग मिलेर छोरा रवीन्द्रको टाउकोमा ढुंगाले थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । रवीन्द्रलाई आमाले पर पुरुषसँग सम्बन्ध राखेको मन नपरेकाले पटक-पटक आमालाई सम्झाउँने प्रयास गरेका थिए ।

तर, आमाले प्रेमीलाई छोड्नुभन्दा पनि उनीसँग मिलेर छोराको हत्या गरेको खुलेको भारतीय प्रहरीले जनाएको छ । प्रहरीले घटनाका दुवै आरोपी आमा र उनका प्रेमीलाई पक्राउ गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट