२२ अफगानी प्रहरीको विद्युतीय धरापमा परी मृत्यु

प्रकाशित मिति: १० मंसिर २०७५, सोमबार

हेरात । तालिबान विद्रोही लडाकू समूहले राखेको विद्युतीय धरापमा परेर २२ जना अफगानी प्रहरीको मृत्यु भएको छ ।

पश्चिमी अफगानिस्तानको फराह प्रान्तमा आइतबार प्रहरी चढेको सवारीसाधनमा आक्रमण हुँदा कम्तीमा दुईजना प्रहरी अधिकृत घाइते भएको प्रान्तीय राजधानीको सरकारी अस्पतालका निर्देशक शिर अहमद वेदाले बताए ।

दुवै आक्रमणको जिम्मेवारी लिएको तालिबानले २५ जना प्रहरी मारिएको र चारजना घाइते भएको दाबी गरेको छ । तालिबानका प्रवक्ता क्वारी युसुफ अहमादीले चारवटा सवारीसाधन ध्वस्त भएको र ठूलो परिमाणमा हातहतियार जफत गरिएको बताए।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट