समाचार
प्रकाशित मिति: २ फाल्गुन २०७९, मंगलवार

काठमाडौं । रिपोर्टर नेपाल डटकम ( www.reporternepal.com )का प्रधान सम्पादक हेम राईलाई मातृशोक परेको छ । एग्रील्याण्ड नेपाल प्रा. लि.का संस्थापक अध्यक्ष समेत रहेका सम्पादक राईकि आमा सरस्वती राईको ८० वर्षको उमेरमा निधन भएको हो । धरान-११ निवासी आमा सरस्वती राईको बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा आइतबार निधन भएको हो ।


प्रकाशित मिति: २९ माघ २०७९, आईतवार

काठमाडौं । नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै सरकारले फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषदको बैठकले जनयुद्ध दिवसका रूपमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो। जनयुद्धको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध […]


प्रकाशित मिति: २९ माघ २०७९, आईतवार

काठमाडौं । चौतर्फी आलोचनापछि सरकारले विशिष्ट व्यक्तिहरुको सवारी सुरक्षा व्यवस्थापन कार्यविधिमा परिमार्जन गर्ने भएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सडक खाली गराइएको बेला निस्किएको भन्दै ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले कुटपिट गरेको थियो । भीभीआईपी सवारीको क्रममा अरुलाई सडकमा निस्किनसमेत नदिएर दुःख दिने गरिएको भन्दै नागरिकस्तरबाट चर्को आलोचना भएपछि सरकार विशिष्ट व्यक्तिहरुको […]


प्रकाशित मिति: २३ माघ २०७९, सोमबार

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले वर्षायाम लागेपछि मेलम्चीको सुरुङ बन्द गरिने भएकाले वर्षायाममा मेलम्चीको विकल्प खोज्न थालिएको बताएको छ । केयूकेएलले सोमबार पत्रकार सम्मेलन गर्दै वर्षायाममा मेलम्चीको विकल्प खोज्नका लागि वर्षायाममा १० करोड लिटर पानी थप्न नयाँ २० इन्चको पाइप राख्न लागिएको जनाएको छ । मेलम्चीको विकल्पमा बागमती नदीबाट १० करोड लिटर पानी […]


प्रकाशित मिति: १२ माघ २०७९, बिहीबार

काठमाडौं । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज श्रीपञ्चमी’ मनाइँदै छ। हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा देशभर विद्याकी देवी सरस्वतीको पूजाआजा गरिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा आराधना […]


प्रकाशित मिति: ५ माघ २०७९, बिहीबार

काठमाडौं । काठमाडौंको सुन्धारास्थित सिभिल मलको भुइँ तलामा एक पुरुषले आफैँमाथि पेट्रोल छर्किएर आगो लगाएका छन् । करिब २९/३० वर्षका विशाल लामिछाने गुरुङले सिभिल मलको भुइँतलामा बिहीबार दिउँसो ११ः ४० बजे आफ्नै जीउमा आगो लगाएको प्रहरीले जनाएको छ । उनको तत्काल उद्धार गरी उपचारका लागि राट्रिय ट्रमा सेन्टरमा पठाइएको छ । उनले किन आफ्नै शरीरमा […]


प्रकाशित मिति: २ माघ २०७९, सोमबार

पोखरा । यती एयरलाइन्सको विमान दुर्घटनामा परेका ४ जनाको अवस्था अझै अज्ञात रहेको छ । चालकदलका ४ जनासहित ७२ जना सवार यती एअरलाइन्सको विमान आइतबार काठमाडौंबाट पोखराका लागि उडेको थियो । उक्त विमान अवतरण हुनुअघि पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो। विमान दुर्घटनामा हालसम्म ६८ जनाको शव भेटिएको र बाँकी ४ जनाको अवस्था अझै अज्ञात […]


प्रकाशित मिति: १ माघ २०७९, आईतवार

काठमाडौं । सरकारले यती एयरलाइन्सको जहाज दुर्घटनाप्रति दु:ख जनाउँदै विमान दुर्घटनाको शोकमा माघ २ गते सोमबार सार्वजनिक बिदा दिएको छ । आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले भोलि देशभर शोक बिदा दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् उपप्रधानमन्त्री विष्णु पौडेलले घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै दिवंगतहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। निधन भएकाहरुप्रति समवेदना […]


प्रकाशित मिति: ८ मंसिर २०७९, बिहीबार

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन झापा निर्वाचन क्षेत्र नम्बर–३ बाट पुनः विजयी भएका छन् । प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका राजेन्द्र लिङ्देनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई तीन हजार मतान्तरले पराजित गरेका हुन् । चौथो पटक प्रतिनिधि सभाको यात्रा तय गरेका लिङ्देनले ४० हजार ६४८ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी […]


प्रकाशित मिति: २९ कार्तिक २०७९, मंगलवार

काठमाडौं । सरकारले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मंसिर २ देखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको छ । मंगलबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै मतदानस्थल रहेका शिक्षण संस्था तथा विद्यालयमा मंसिर २ देखि ५ गतेसम्म बिदा दिइने जनाएको हो । निर्वाचन आयोगले चुनावका समयमा सार्वजनिक […]


प्रकाशित मिति: २८ कार्तिक २०७९, सोमबार

काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ गतेको चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवार दिएका पाँच जना सदस्यलाई कारबाही गरेको छ। कांग्रेसले पार्टीको निर्णयविरुद्ध लागेको भन्दै बागी उम्मेदवारी दिएका, तिनका समर्थक र प्रस्तावकमाथि कारबाही गरेको हो । कांग्रेसले विज्ञप्ति जारी गर्दै महासमिति सदस्य हुम्लाका मंगलबहादुर शाही, बाराका धर्मेन्द्रप्रसाद यादव, बाराका रवीन्द्रप्रसाद यादव, बाराकै वीरेन्द्रप्रसाद यादव र […]


प्रकाशित मिति: २५ कार्तिक २०७९, शुक्रबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी सभामा सहभागी भएकी चर्चित अभिनेत्री मनिषा कोइरालाले राप्रपा उम्मेदवारका लागि भोट मागेकी छन् । काठमाडौंको बसन्तपुरमा राप्रपाले शुक्रबार आयोजना गरेको चुनावी सभामा सहभागी हुन पुगेकी मनिषा कोइरालाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राप्रपाका लागि भोट मागेकी हुन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले बीपी कोइरालाको विचार बोकेकाले पनि आफूले राप्रपालाई […]


प्रकाशित मिति: १४ कार्तिक २०७९, सोमबार

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि माओवादी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन्। चुनावी घोषणापत्र सार्वजनिक गर्दै माओवादी केन्द्रले काठमाडौं उपत्यकामा मोनो र मेट्रो रेल सञ्चालन गर्ने घोषणा गरेको छ। उपत्यकाको बाग्मती, विष्णुमती, […]


प्रकाशित मिति: २४ आश्विन २०७९, सोमबार

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको छ । नाबालिकमाथि बलात्कारको अभियोगमा पक्राउ परेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको हो । म्याद थपका लागि सन्दीपलाई सोमबार बिहान जिल्ला अदालत काठमाडौं लगिएको थियो । बिहान पछाडिको ढोकाबाट अदालत लगिएका […]


प्रकाशित मिति: ७ आश्विन २०७९, शुक्रबार

काठमाडौं । ‘हैट’ थेगोबाट चर्चित बनेका हास्य कलाकार बुद्धि तामाङले मकवानपुरकी अनु थिङसँग विवाह गरेका छन् । ‘कबड्डी’ फिल्ममा अभिनय गरेपछि चर्चामा आएका बुद्धिले शुक्रबार केही आफन्त र कलाकार साथीहरूको उपस्थितिमा भक्तपुरको एक पार्टी प्यालेसमा अनुसँग लगनगाँठो कसेका हुन् । बुद्धि र अनु लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए ।



 

 

 

 

 

 

 


ताजा अपडेट