राप्रपा अध्यक्ष लिङ्देन झापा-३ बाट विजयी, फेरि हारे कांग्रेस नेता सिटौला

प्रकाशित मिति: ८ मंसिर २०७९, बिहीबार

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन झापा निर्वाचन क्षेत्र नम्बर–३ बाट पुनः विजयी भएका छन् ।

प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका राजेन्द्र लिङ्देनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई तीन हजार मतान्तरले पराजित गरेका हुन् ।

चौथो पटक प्रतिनिधि सभाको यात्रा तय गरेका लिङ्देनले ४० हजार ६४८ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी सिटौलाले ३७ हजार ३७२ मत पाए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट