निर्वाचनका लागि ४ दिन सार्वजनिक बिदा

प्रकाशित मिति: २९ कार्तिक २०७९, मंगलवार

काठमाडौं । सरकारले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मंसिर २ देखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको छ ।

मंगलबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै मतदानस्थल रहेका शिक्षण संस्था तथा विद्यालयमा मंसिर २ देखि ५ गतेसम्म बिदा दिइने जनाएको हो ।

निर्वाचन आयोगले चुनावका समयमा सार्वजनिक बिदा दिन गरेको सिफारिसअनुसार गृहले बिदा दिने निर्णय गरेको हो ।

जारी सूचनाअनुसार शिक्षण संस्था विद्यालय मंसिर २ देखि ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायमा मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिइने उल्लेख गरिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट