सन्दीपलाई थप ७ दिन हिरासतमा राखिने

प्रकाशित मिति: २४ आश्विन २०७९, सोमबार

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको छ ।

नाबालिकमाथि बलात्कारको अभियोगमा पक्राउ परेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको हो । म्याद थपका लागि सन्दीपलाई सोमबार बिहान जिल्ला अदालत काठमाडौं लगिएको थियो ।

बिहान पछाडिको ढोकाबाट अदालत लगिएका उनलाई म्याद थपपछि फिर्ता लैजाने क्रममा पनि प्रहरीले अदालतको पछाडिको गेट प्रयोग गरेको हो। दशैँ बिदाका कारण उनलाई आज सोमबार मात्रै म्याद थपका लागि अदालत लगिएको हो ।

१७ वर्षिया एक किशोरीले सन्दीपमाथि बलात्कार अभियोग लगाउँदै गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए । गत बिहीबार मात्रै नेपाल फर्किएका उनलाई प्रहरीले त्रिभुवन विमानस्थलबाटै नियन्त्रणमा लिएको थियो।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट