समाचार
प्रकाशित मिति: १७ असार २०७९, शुक्रबार

काठमाडौं । आजदेखि काठमाडौं महानगरपालिकाभित्रका सडक, गल्ली पार्क, सवारी बिसौनीस्थल, सरकारी कार्यालय वा कार्यालय परिसर, सार्वजनिक सवारीसाधन वा अन्य सार्वजनिक स्थानमा माग्न प्रतिबन्ध लगाइएको छ । महानगरपालिकाले आज सार्वजनिक सूचना प्रकाशित गरी आफ्नो क्षेत्रभित्र भिक्षा माग्न निषेध गरेको जनाएको हो। साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्पराअनुसार घरघरमा पुगी भिक्षा मागेमा वा कुनै धार्मिक […]


प्रकाशित मिति: १५ असार २०७९, बुधबार

काठमाडौं । कृषि प्रधान देशको महत्व दर्शाउन र धानको सर्वव्यापकता फैलाउनका लागि हरेक वर्ष असार १५ गते धान दिवस मनाइने गरिन्छ। वि.सं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। बुधबार पनि खेतमा काम गरी दही च्यूरा खाएर किसानहरुले असार १५ मनाइरहेका छन् । असार १५ […]


प्रकाशित मिति: १३ असार २०७९, सोमबार

महेन्द्रनगर । युवा अवस्थामै व्यापार र व्यवसायको सफल बागडोर सम्हाल्दै सामाजिक क्षेत्रमा पनि लोभलाग्दो परिचय बनाएका युवा व्यवसायी दिनेश मल्ल आसन्न कञ्चनपुर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष  पदमा चुनावी प्रतिस्प्रर्धामा होमिदैछन् । कञ्चनपुरको महेन्द्रनगरलाई व्यवसायको केन्द्र बनाएर मुलुकका विभिन्न भागमा निर्माण व्यवसायका साथै ट्रेडिङ्ग सँगै हाइड्रोमा पनि लगानी गरेर व्यवसायलाई विष्पोटक रुपमा अघि बढाएका मल्ल […]


प्रकाशित मिति: १२ असार २०७९, आईतवार

काठमाडौं । पानीपुरीको पानीमा हैजाको जीवाणु हुनसक्ने खतरा बढेपछि ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा ठेला गाढामा पानीपुरी बेच्न रोक लगाएको छ । ललितपुर महानगरपालिकाका नगर प्रहरीहरुले सोमबारदेखि ठेलामा पानीपुरी बेच्नेहरुलाई महानगरबाट हटाउन थालेका छन् । पानीपुरीको पानीमा हैजाको जीवाणु हुनसक्ने खतरा बढेपछि ललितपुरका मेयर चिरिबाबु महर्जनले महानगरभरी ठेलामा पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेका हुन् । […]


प्रकाशित मिति: ९ असार २०७९, बिहीबार

सुर्खेत । सुर्खेतका एक किसानको टर्की फर्ममा बर्डफ्लु देखिएको छ । एक सय वटाभन्दा बढी टर्की मरेपछि परीक्षणका लागि नमुना काठमाडौं पठाउँदा उक्त टर्की फर्ममा बर्डफ्लु देखिएको पुष्टि भएको हो । पशुपक्षी विकास निर्देशनालय सुर्खेतका प्रमुख प्रचण्ड खड्काले टर्की बर्डफ्लुकै कारण मरेको पुष्टि भएको जानकारी दिए । केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा बिहीबार गरिएको […]


प्रकाशित मिति: ७ असार २०७९, मंगलवार

काठमाडौं । सर्वसाधारण नागरिकलाई शौचालय प्रयोग गर्न दिन इच्छुक ३३ वटा संस्थाहरुसँग काठमाडौं महानगरपालिकाले सम्झौता गरेको छ । मंगलबार महानगरका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको रोहवरमा महागरले बैंक, रेष्टुरेन्ट, स्कूल, प्रकाशन गृह, विजनेस कम्प्लेक्ससहित ३३ वटा संघसंस्थाका प्रतिनिधिहरुसँग सम्झौता गरेको हो। आउँदो ५ वर्षका लागि गरिएको सम्झौतामा महानगरकातर्फबाट […]


प्रकाशित मिति: ७ असार २०७९, मंगलवार

काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपालले बुधबारदेखि नियमित उडान रोक्ने घोषणा गरेको छ । हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानको माग राख्दै संघले बुधबारदेखि नियमित उडान रोक्ने घोषणा गरेको हो। ५ बुँदे माग अघि सारेको संघले मंगलबार पत्रकार सम्मेलन गर्दै विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसन लगायतका सम्पूर्ण शुल्क […]


प्रकाशित मिति: ३० जेष्ठ २०७९, सोमबार

काठमाडौं । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा अधिकांश सांसदहरूले खेतमा हाल्ने मलकै विषयमा केन्द्रित रहेर छलफल गरेका छन्। खेतीपातीको समयमा समेत कृषकहरुले मल नपाएको भन्दै सांसदहरुले मलको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभामा दर्ता भएको रासायनिक मल अभावको विषयमा छलफल गर्न बैठकको कार्यसूची स्थगन प्रस्तावको छलफलमा सहभागी अधिकांश सांसदहरूले किसानलाई यथाशिघ्र रासायनिक मल उपलब्ध […]


प्रकाशित मिति: २७ जेष्ठ २०७९, शुक्रबार

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तर प्रदेश यातायातका मालबाहक तथा यात्रुबाहक सवारीको भाडादर बढाएको जनाएको छ। विभागले शुक्रबार सूचना प्रकाशित गर्दै सार्वजनिक यातायातको भाडा फेरि बढेको जानकारी दिएको हो । यात्रुबाहक सवारीमा २.५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ३.३ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारी साधनमा ३.७ प्रतिशतले बढेको विभागले जनाएको छ […]


प्रकाशित मिति: २४ जेष्ठ २०७९, मंगलवार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले कुहिने र नकुहिने फोहोर घरमै छुट्याएर राख्न सम्पूर्ण महानगरबासीलाई अनुरोध गरेका छन्। समाजिक सञ्जालमा सन्देश जारी गर्दै बालेनले अब फोहोर उठ्ने बताउँदै घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्याइदिन सम्पूर्ण काठमाडौंबासीलाई अनुरोध गरेका हुन्। बालेनले फेसबुकमा लेखेका छन्, ‘अब फोहोर उठ्नेछ। यो सबैको लागि नि:सन्देह खुसीको खबर हो। […]


प्रकाशित मिति: २२ जेष्ठ २०७९, आईतवार

काठमाडौं । यस वर्षको मनसुन प्रदेश १ बाट नेपाल प्रवेश गरेको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्षको मनसुन प्रणाली आज जेठ २२ गते नेपालको प्रदेश १ बाट भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनएको छ । महाशाखाका अनुसार यसपालिको मनसुन एक साताअघि नै नेपाल आएको हो। महाशाखाले आइतबार जारी गरेको […]


प्रकाशित मिति: २० जेष्ठ २०७९, शुक्रबार

काठमाडौं । यातायात व्यवस्था विभागले साउन १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान नगर्नेलाई कारवाही गर्ने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को अनुसूची–२, भाग–२ र सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम ४ को उपनियम (४) मा रहेको प्रावधान कार्यान्वयन गर्न लागेको विभागले साउन १ गतेबाट इम्बोस्ड नम्बर प्लेट जडान नगर्नेलाई […]


प्रकाशित मिति: १५ जेष्ठ २०७९, आईतवार

काठमाडौं । अबदेखि ६८ वर्ष उमेर पुगेकाहरुले पनि वृद्ध भत्ता पाउने भएका छन् । आज संघीय संसदमा अर्थमन्त्री जनार्दन शर्माले २०७९/८० को बजेट प्रस्तुत गर्दै ६८ वर्षभन्दा माथि उमेर समूहको लागि वृद्ध भत्ता दिने व्यवस्था गरेको बताएका हुन्। हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोमा अब ६८ वर्ष पुगेकाहरुले नै वृद्ध भत्ता […]


प्रकाशित मिति: १२ जेष्ठ २०७९, बिहीबार

काठमाडौं । सरकारले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले २४ लाख रुख कटान गरेर वातावरणीय सङ्कट निम्ताउँदै विमानस्थल बनाउन थालिएको भन्दै दायर गरेको छुट्टाछुट्टै रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय बदर गरिदिएको हो। न्यायाधीशहरू हरिकृष्ण […]


प्रकाशित मिति: १० जेष्ठ २०७९, मंगलवार

काठमाडौं । पेट्रोल तथा डिजेलको मूल्य दोस्रोपटक लिटरमै १० रुपैयाँ बढेसँगै सरकारले फेरि सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले जेठ १० गते मंगलबारदेखि नै लागू हुनेगरी विद्यमान भाडादरमा ३ प्रतिशतसम्म वृद्धि गरेको जनाएको छ । विभागले यात्रुवाहक गाडीमा २ दशमलव १ प्रतिशतले, पहाडी बाटोमा चल्ने मालवाहक गाडीमा २ दशमलव ७ प्रतिशतले र […]



 

 

 

 

 

 

 


ताजा अपडेट