समाचार
प्रकाशित मिति: ६ आश्विन २०७९, बिहीबार

काठमाडौं। सरकार निकट संयुक्त विद्यार्थी संगठनले नागरिकतासम्बन्धी विधेयक पारित नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध विरोध प्रदर्शन गरेका छन् । सत्तारुढ दल निकट विद्यार्थी संगठनले संसदले दोस्रो पटक पारित गरेर पठाएको नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको उल्लंघन गरेको भन्दै विरोध गरेका हुन् । काठमाडौंको माइतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका उनीहरूले राष्ट्रपतिको कदमलाई असंवैधानिक भनेका छन् […]


प्रकाशित मिति: १८ भाद्र २०७९, शनिबार

काठमाडौं । रिटर्नी फेडेरेसन नेपालको बुढानिलकण्ठ नगर भेला सम्पन्न भएको छ । उक्त भेलाको प्रमुख अतिथि रिटर्नी फेडेरेसन नेपालका उप-महासचिव काजी थापाले रिटर्नी फेडेरेसन नेपालको बारेमा चर्चा गर्दै नेपालको जनसंख्याको महत्वपूर्ण संख्या वैदेशिक रोजगारीका लागि विदेशिएका र उनीहरु आफ्नो मुलुक फर्कि सकेपछि उनीहरुले ल्याएको ज्ञान, पूँजी र सिप नेपाली भूमिमा नै सहि रुपमा सदुपयोग हुन […]


प्रकाशित मिति: १० भाद्र २०७९, शुक्रबार

काठमाडौं । पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अनधिकृत संरचनामा डोजर लगाएर भत्काउने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कदमलाई समर्थन गरेकी छन्। नेकपा एकीकृत समाजवादीकी नेतृ झाँक्रीले शुक्रबार दिउँसो फेसबुकमा ९ बुँदे आग्रहसहितको स्टाटस पोष्ट गर्दै महानगरभित्र नक्सापास बिना र अनधिकृत रूपमा बनाइएका संरचना भत्काउने अभियानको समर्थन गरेकी हुन्। पूर्वमन्त्री झाँक्रीले मेयर शाहलाई आफूलाई जस्तो दलीय […]


प्रकाशित मिति: १ भाद्र २०७९, बुधबार

काठमाडौं । खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार आजबाट सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक लगाइएको छ । अर्थमन्त्री जनार्दन शर्माले १५ जेठमा बजेट भाषणमा सिंहदरबारभित्र ग्यास सिलिन्डर हटाएर विद्युतीय चुलो प्रयोगमा ल्याउने घोषणा गरेसँगै बुधबार भदौ १ गतेदेखि सिंहदरबारभित्र ग्यास सिलिन्डर लैजान रोक लगाइएको हो । बुधबार बिहानदेखि सिंहदरबारको गेटमा रहेका सुरक्षाकर्मीले […]


प्रकाशित मिति: २१ श्रावण २०७९, शनिबार

भक्तपुर । कांग्रेस महामन्त्री गगन थापाले कांग्रेसलाई बहुमत आउने गरी चुनावको तयारीमा लाग्न कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। शनिबार भक्तपुरको बालकोटमा श्यामबहादुर कार्कीको १५औँ स्मृति दिवसका उपलक्ष्यमा श्यामबहादुर स्मृति प्रतिष्ठानले आयोजना गरेको खुल्ला रक्तदान, स्कुल, ब्याग तथा स्टेसनरी सामग्री वितरण कार्यक्रममा बोल्दै नेता थापाले आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभाको […]


प्रकाशित मिति: १७ श्रावण २०७९, मंगलवार

काठमाडौं । नेपालीले खाने नुनमा आयोडिनको मात्रा मापदण्डभन्दा बढी नभएको भेटिएको छ । खाद्य प्रवधि तथा गुण नियन्त्रण विभागले नेपालीले खाने नुनमा आवश्यकताभन्दा बढी मात्रामा आयोडिन पाइएको विषय प्रयोगशाला परीक्षणबाट पुष्टि नभएको जनाएको हो । विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले नेपालीले प्रयोग गरिरहेको नुनमा बाहिर प्रचार भएजस्तो आयोडिनको मात्रा बढी भएको प्रयोगशालाबाट पुष्टि नभएको […]


प्रकाशित मिति: १५ श्रावण २०७९, आईतवार

काठमाडौं। भाडा समायोजनको माग राख्दै आएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सोमबारदेखि आन्दोलन गर्ने भएको छ। भाडा समायोजनका लागि आजसम्मको समयसीमा दिएको महासंघले सरकारले कुनै चासो नदेखाएपछि पुनः आन्दोलनमा उत्रने भएको हो। साउन ६ गते बसेको महासंघको बैठकले १५ गतेसम्म ढुवानी भाडा वृद्धि गर्न माग गर्दा समेत माग पूरा नभएपछि भोलिदेखि हवाइ इन्धन ढुवानी गर्ने […]


प्रकाशित मिति: १४ श्रावण २०७९, शनिबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले स्थानीय सरकारलाई फोहोरमैला व्यवस्थापन गर्ने कुरामा संघीय सरकार सहयोगका लागि तयार रहेको बताएका छन् । आज काठमाडौंको बंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबूको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले फोहोरमैला सामान्य कुरा भए पनि फोहोरमैला भित्रकै गिरोहले यसलाई ठूलो कुरा बनाइरहेको आरोप लगाएका छन्। फोहोर भित्रको […]


प्रकाशित मिति: ११ श्रावण २०७९, बुधबार

काठमाडैं । सिसडोलमा बाटो निर्माण गर्ने भन्दै गत साउन ४ गतेदेखि नउठाइएको काठमाडौं महानगरपालिकाको फोहोर भोलिदेखि संकलन हुने भएको छ। एक साता फोहोर नउठाउने निर्णय गरेको महानगरले आज बुधबार सूचना जारी गर्दै भोलिदेखि संकलन गरिने जानकारी दिएको हो । ‘महानगरपालिकाद्वारा साउन ४ मा जारी गरिएको सूचनाबमोजिम आफ्नो घरभित्र फोहोरको अल्पकालीन व्यवस्था गरी सडक, चोक, गल्ली […]


प्रकाशित मिति: ५ श्रावण २०७९, बिहीबार

काठमाडौं । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको आरोप लागेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्नका लागि गठित संसदीय समितिको म्याद ७ दिन थप भएको छ। प्रतिनिधिसभाले अर्थमन्त्री शर्माको छानबिनका लागि गठन गरेको विशेष समितिलाई सुरुमा दश दिनको समय दिइएको थियो। त्यो समयसीमा आज सकिएपछि आज बसेको प्रतिनिधि बैठकमा सभामुख अग्ग्निप्रसाद सापकोटाले संसदीय छानबिन […]


प्रकाशित मिति: २८ असार २०७९, मंगलवार

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशभर कोरोना संक्रमणदर फेरि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ३ हजार १२६ जनाको परीक्षणमा १७७ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएकासँगै सक्रिय कोरोना संक्रमितको संख्या ८७३ पुगेको छ । मन्त्रालयका अनुसार […]


प्रकाशित मिति: २४ असार २०७९, शुक्रबार

काठमाडौं । नेपाल पौडी संघको वार्षिक कार्यक्रमअनुसारको १०औँ एन.एस.ए. कप खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता आईतबार हुने भएको छ । प्रतियोगितामा ८४ महिला तथा १३७ पुरुष गरेर कुल २२१ खेलाडीहरुले ५४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा जुनियर खेलाडीहरुको हौसला अभिबृद्धि गर्न जुनियर विधाका १० वर्ष, १२ वर्ष, १४ वर्ष र १७ […]


प्रकाशित मिति: २२ असार २०७९, बुधबार

काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा सरकारले असार २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले बुधबार सूचना जारी गर्दै २६ गते आइतबार नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सार्वजनिक बिदा दिएको जनाएको हो। बकर इदको अवसरमा मुस्लिम आयोगले अनुरोध गरेपछि गृह मन्त्रालयले देशभर सार्वजनिक बिदा दिएको हो ।


प्रकाशित मिति: २० असार २०७९, सोमबार

काठमाडौं । जिल्ला युवा समितिकी बागमती प्रदेशसभा सदस्य रमा आले मगरले युवा उमेर समूहलाई सहि मार्ग निर्देशन गर्न आवश्यक रहेकाले सरकारले युवाको क्षेत्रमा लगानी बढाउनुपर्ने बताएकी छन् । सोमबार राजधानीमा आयोजित गरिएको प्रदेश स्वयंसेवक तालिममा बोल्दै बागमती प्रदेश उद्योग, पर्यटन तथा वातावरण समितिकी सभापति समेत रहेकी मगरले युवालाई नीति निर्माणदेखि नेतृत्वदायी भूमिकामा ल्याउन राजनीतिक दलहरुले […]


प्रकाशित मिति: १९ असार २०७९, आईतवार

काठमाडौं । राहदानी विभागले जिल्ला प्रशासन कार्यालयहरुबाट आवेदन भएका राहदानीहरु प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेको बताएको छ । विभागले आइतबार सूचना जारी गर्दै जिल्लाबाट आवेदन दिएकाहरूले बढीमा १५ दिनमै पासपोर्ट पाउने व्यवस्था मिलाइएकाले अब अत्यावश्यकबाहेकका अवस्थामा पासपोर्ट बनाउन काठमाडौं नआउन अनुरोध गरेको छ । काठमाडौं उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरुले १ हप्ता […]



 

 

 

 

 

 

 


ताजा अपडेट